२०८२ फाल्गुन २६

पुस्तक व्यवसायी सिन्धुकाे अध्यक्षमा पुन: बखतबहादुर

खाडिचाैर/ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको सातौं अधिबेशन सम्पन भएको छ ।अधिबेशनबाट बखत बहादुर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएकाे छ।

अधिकारीकाे अध्यक्षतामा ८ सदस्यीय जिल्ला शाखा  सर्वसहमतिले निर्वाचित गरिएको महासंघले जनाएको छ

जिल्लााकाे खाडिचाैरमा सम्पन्न अधिबेशनबाट
समितिकाे उपाध्यक्षमा जय बहादुर श्रेष्ठ,सचिवमा राम शरण बस्नेत, कोषाध्यक्षमा,दिपक तिमल्सिना,
पदेन सदस्य  शिब क्षेत्री साथै सदस्यहरु उध्दव तिवारी,यज्ञ खड्का र प्रेम कार्की रहेका छन् ।
नवनिर्वाचित कार्य समितिलाई  महासंघका केन्द्रिय
समिति सदस्य एवं सिन्धुपाल्चोक उद्योग वाणिज्य संघकाे कार्यकारी समिति सदस्य कार्यक्रमका प्रमुख अतिथि  कुमार थापाले निर्वाचित समितिलाई प्रमाणपत्र वितरण गर्दै कार्यकाल सफलताको  शुभकामना प्रदान गरेका थिए ।
संस्थापक अध्यक्ष कुमार थापालाई  जिल्लामा  संघको स्थापना र विकासमा पुर्याएकाे याेगदानकाे कदर गर्दै  सम्मान गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्