२०८१ पुष २९
                           

हिल्फेको सहयोग जनहितको सहकार्यमा निर्मित विद्यालय भवन हस्तान्तरण

कार्तिक १४ — नेपालहिल्फे वाइलग्रिस ई.भी जर्मनीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ सिरान चौर स्थित श्री सेतीदेवी आधारभुत विद्यालयको भवन निर्माण गरिदिएको छ । सो संस्थाको १ करोड ७१ लाख लागत र जनहित ग्रामिण सेवा समितिको सहकार्यमा नव निर्मित विद्यालय भवनको आज सोमबार एक कार्यक्रमका बीच नेपालहिल्फे वाइलग्रिस ई.भीका अध्यक्ष म्यानफ्रिड लिन्डरले उद्घाटन गर्नुभएको हो । उद्घाटन पश्चात् अध्यक्ष लिन्डरले विद्यालय ब्यवस्थापन समितिलाई भवन हस्तान्तरण गर्नुभएको हो ।


अध्यक्ष लिन्डरको टोलिले कक्षाकोठा , कार्यालयको अवलोकन समेत गरेको थियो । १ करोड २९ लाखको लागतमा भवन , ३४ लाख लागतमा घेराबार संगै शौचालय, ग्राउण्ड सहित सुविधा सम्पन्न विद्यालय तयार भएको जनहित ग्रामिण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले बताउनुभयो । विद्यालयको जग्गाका लागी स्थानीयले ८ लाख जन श्रमदान बाटै जुटाएका थिए । ग्राउण्ड ब्यवस्थापनको लागी अपुग ३ लाख रकम विद्यालयको लागी चौतारा साँगाचोकगढी नगरपालिकाले उपलग्ध गराएको हो ।
कोभिडका कारण विद्यालय निमार्ण सम्पन्न गर्न ढेड वर्ष लागेको जनहित ग्रामिण सेवा समितिका अध्यक्ष भरत सापकोटाले बताउनुभयो । कक्षा ४ सम्म पढाई हुने यो विद्यालय भुकम्प पछि जस्ता मुनि अस्थाई सिकाई केन्द्र टिएलसिमा पठनपाठन हुदै आएको थियो । विद्यालयको लागि समुदायको अपनत्व र सहयोगका कारण भवन लगायतका संरचना निमार्ण उत्कृष्ट भएको अध्यक्ष सापकोटाले बताउनुभयो । नेपालहिल्फे वाइलग्रिस ई.भी जर्मनीले सिन्धुपाल्चोकमा १९ वटा विद्यालय सहित थप सहयोगका २ गरी २१ वटा विद्यालय निमार्ण गरेको हिल्फेका कार्यक्रम संयोजक श्याम पण्डितले बताउनुभयो । फर्निचर देखि शौचालय ल्याब लगायत विद्यालयले माग गरेका आवश्यकता पुरा गर्दै गएको हिल्फेका कार्यक्रम संयोजक पण्डितको भनाई छ ।
यसैगरी नेपालहिल्फे वाइलग्रिस ई.भी जर्मनीको आर्थिक सहयोग र जनहित ग्रामिण सेवा समितिको सहकार्यमा मेलचौर स्थित ज्ञान मन्दिर मा.विको शिक्षकहरु बस्ने क्वाटरको पनि उद्रघाटन र हस्तान्तरण गरीएको हो । शिक्षकहरुको सो क्वाटर निमार्णको लागि सस्थाले ६५ लाख उपलग्ध गराएको थियो ।


नेपालहिल्फे वाइलग्रिसले विशेषत च्यारीटी शो गरेर रकम संकलन गर्दै स्वयमसेवक ढंगले रकम सहयोग गर्ने गरेको छ । पर्वतारोही ,ईन्जिनियर , डाक्टर , अफिसर लगायत विशेषत जब होल्डरहरूको स्वयमसेवक सहयोगबाट हिल्फे वाइलग्रिसले काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्