२०८२ आश्विन १९

चौतारामा रक्तदान कार्यक्रम सम्पन्न, २४ जनाको सहभागिता

blood donation

सिन्धुपाल्चोक । विश्व मुटु दिवस २०८२ को अवसरमा ब्लड डोनर्स एसोसियसन नेपाल सिन्धुपाल्चोकले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा २४ जना सहभागी भएका छन् ।

चौतारा टुँडिखेल, फाल्चामा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले रक्तदानलाई जीवनदानका रूपमा ग्रहण गर्दै सामूहिक उत्साह देखाएका थिए । नजिकिदो दशैं र तिहारजस्ता चाडपर्वका बेला रक्त आपूर्ति अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

यस अवसरमा ब्लोदाना सिन्धुपाल्चोकका अध्यक्ष सुरेश कसजूले नियमित रक्तदान अभियानले जिल्लामा आपत्कालीन अवस्थामा रगत अभाव हुन नदिन ठूलो योगदान पुर्‍याउने बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आयोजकका अनुसार यस्ता रक्तदान अभियानहरूले जिल्ला भित्रै सुरक्षित र सहज रगत उपलब्ध गराउन सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्