२०८१ श्रावण १२
                           

जन जागृतिकाे छैठौं साधारण सभा ,अध्यक्षमा कार्की र महासचिवमा तामाङ पुनः चयन

 

अशोक पराजुली चौतारा/जन जागृति माध्यमिक विद्यालय चौतारा साँगाचोकगढी न.पा.-१२ साँगाचोकमा गठित जन जागृति भुपु विद्यार्थी मिलन समाजको छैठौं साधारण सभा सम्पन्न भएको छ ।

शनिबार धुलिखेलको गन्तव्य एग्रो रिसोर्टमा भएको साधारणसभा जन जागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । साधारणसभामा संविधानसभा सदस्य गंगा पराजुली,जुगल बहुमुखी क्याम्पस साँगाचोकका क्याम्पस प्रमुख पदमप्रसाद पराजुली,जन जागृति मा.वि.विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अकल लामा,समाजका सल्लाहकार मुक्तिराज गिरी,दिलिपराज गिरी लगायतको उपस्थिति रहेको थियो ।

समाजका अध्यक्ष हरिबहादुर कार्कीले आ.व.२०७९/०८० मा सम्पन्न गरेका कार्यक्रमहरु सहितको बार्षिक प्रगती प्रतिबेदन तथा कोषाध्यक्ष रेशमराज गिरीले आर्थिक गतिविधि सहितको आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि जन जागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज गिरीले जन जागृति मा.वि.बाट उत्पादित पूर्व विद्यार्थीहरुमा रहेको सामाजिकीकरण सीप तथा नेतृत्व विकासको साथै उच्च शिक्षा अध्ययनमा गरेको प्रगति वास्तवमै उल्लेखनीय र सिकाई योग्य रहेको विचार राख्दै विद्यार्थीहरुको शैक्षिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा संविधानसभा सदस्य गंगा पराजुली,जुगल बहुमुखी क्याम्पस साँगाचोकका क्याम्पस प्रमुख पदमप्रसाद पराजुली,जन जागृति मा.वि.विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अकल लामाले शुभकामना मन्तब्य राखेका थिए । भू. पु. विद्यार्थी मिलन समाजका सदस्य सन्देश श्रेष्ठले स्वागत मन्तव्य दिएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष हरिबहादुर कार्की र संचालन महासचिव प्रेम तामाङले गरेका थिए ।

छैठौं साधारण सभाबाट आगामी ३ बर्षको लागि पुनः हरिबहादुर कार्कीकै अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा निर्मला पराजुली, महासचिव प्रेम तामाङ, सचिव विन्दा नेपाल, सह सचिव सन्देश श्रेष्ठ, कार्यालय सचिव मानविर तामाङ, कोषाध्यक्ष रेशमराज गिरी र सदस्यहरुमा अम्बिका पौडेल, विमला पही श्रेष्ठ, युवकराज गिरी, देवेन्द्र पराजुली, अल्का गिरी, सुनिता गिरी, देवीप्रसाद पराजुली, बिष्णुमाया श्रेष्ठ, अशोक पराजुली, शंकरराज गिरी, सर्वोत्तम गिरी,सरिता आचार्य नेपाल, दिलिपराज गिरी चयन भएका छन् । त्यस्तै समाजको सल्लाहकार संयोजकमा वाङजुङ लामा,ध्रुवराज गिरी, गंगा पराजुली, मुक्तिराज गिरी र मिना नेपाल चयन भएको समाजका महासचिव प्रेम तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्