२०८२ कार्तिक २

सुत्र सफ्टवेयरमा समस्य: चौतारा लगायत पालिकाहरूमा सेवाग्राही हैरान

सिन्धुपाल्चोक — सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (PEFA) सचिवालयको नेतृत्वमा विकास गरिएको स्थानिय कोष व्यवस्थापन प्रणाली सुत्र (SuTRA) सफ्टवेयर सञ्चालनमा समस्य हुँदा चौतारा साँगाचोकगढी नगरपालिका लगायतका स्थानीय तहमा सेवाग्राहीहरू समस्यामा परेका छन्। स्थानीय सरकारहरूको आर्थिक कारोबारलाई डिजिटल माध्यमबाट व्यवस्थित गर्ने उद्देश्यले सन् २०१७ मा अर्थ मन्त्रालयको निर्णयअनुसार सुरु गरिएको सुत्रा सफ्टवेयर हाल सबै पालिकाहरूमा महालेखापरीक्षकको कार्यलय र कोष तथा लेखा नियन्त्रण कार्यलय (कोलेनिका) बाट अनिवार्य गरिएको छ तर सञ्चालनमा समस्या आएपछि सेवाग्राहीहरू घण्टौँ कुरेर फर्किनु पर्ने बाध्यता सिर्जना भएको छ।

प्रविधिकहरूका अनुसार सुत्र सफ्टवेयर नचलेपछि राजस्व संकलन, वित्तीय विवरण अद्यावधिक लगायतका काम ठप्प भएका छन्। प्रणाली सुस्त हुने समस्यल गर्दा प्रभावकारी सेवा प्रवाह  नहुनु, तथा प्रणाली अनावश्यक रूपमा अवरुद्ध हुनु मुख्य समस्या बनेको छ।

पूर्वाधारको कमजोर व्यवस्थापन र आवश्यक अपडेट नहुँदा यस्तो समस्या आएको अनुमान स्थानिय तहको प्रविधिकहरूको रहेको छ। यसबारे जानकारी लिन सुत्र प्रणालीका प्रविधिक संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

सुत्रा प्रणालीले स्थानीय र प्रादेशिक सरकारहरूलाई एकीकृत वित्तीय प्रणालीमार्फत योजना तथा बजेट व्यवस्थापन गर्न सहयोग गर्ने उद्देश्य लिएको छ। तर प्राविधिक कमजोरीका कारण सेवाले प्रभावकारिता गुम्दै गएको छ। यस विषय कोलेनिका र महालेखापरीक्षकको कार्यलयको विशेष ध्यानाकर्षण हुन र प्रणाली व्यवस्थापन गर्न आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्