२०८२ जेष्ठ १६
                           

खकुन्डोलमा पहिरो जाँदा सवारी साधन र घरमा क्षति

भोटेकोशी गाउँपालिका–४ स्थित खकुन्डोलमा पहिरो जाँदा सवारी साधन र घरमा क्षति पुगेको छ । पहिरोले पुरिँदा दुई बोलेरोसहित केही घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार माथिल्लो भेगबाट खसेको सुख्खा पहिरोले भोटेकोसी– ४ मा पार्किङ गरेका दुई बोलेरोसँगै केही घरमा क्षति पुगेको हो ।

बा १८च८६१७ नम्बरको बोलेरो पूर्णरूपमा ध्वस्त भएको र बा ०३०च७८७४ नम्बरको बोलेरोमा आंशिक मात्र क्षति पुगेको प्रहरीले जनाएको हो ।

माथिबाट ठूला चट्टान झर्दा स्थानीय साङ्बो शेर्पा र पाल्देन शेर्पाको घरभित्र ढुंगा पुगेर क्षति पुगेको प्रहरी निरीक्षक राईले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्