२०८१ जेष्ठ ४

बाढीलेक्षति पु¥याएको सरस्वती मा. वि क्षेत्रमा तारजाली लगाईदै

सिन्धुपाल्चोक ९ भदौँ – अविरल वर्षाका कारण बाढीपहिरोले पश्चिम हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङपाल क्षेत्रका तटीय भेगमा क्षति पु¥याएपछि यहाँका स्थानीयहरू त्रसित बने ।अविरल वर्षाले एकाएक मेलम्चीको सतह बढेर आयो र शुक्रबार हेलम्बु गाउँपालिका वडा ४ ग्याल्थुमस्थित सरस्वती माध्यमिक विद्यालयका चारवटा पक्की शौचालय र एक भवन बगाएको छ । विद्यालयसहित यहाँका ग्याल्थुम बजार क्षेत्रका घरहरु उच्च जोखिममा छन् ।

370554717_271275592431671_7639898243682140399_n1693030690.jpg

हाल पानीको बहाव खोलामा कम भएसङ्गै विद्यालयका बाकी सुरक्षित संरचनालाई जोगाउँन काम सुरु गरीएको छ । यस क्षेत्रको बस्ती र बिधालयलाई जोगाउँने उधेश्यले प्रदेश सांसद कृष्णकुमार तामाङ,हेलम्बु गाउपालिकाक उपाध्यक्ष ,वडा अध्यक्ष ,सुरक्षाकर्मी र स्थानियबासिहरुको उपस्तिथिमा काम सुरु गरीएको हो ।

अहिले सांसद तामाङ सहितको टोलीले बिधालय आसपास तारजाली लगाई खोलालाई रोक्ने प्रयास गरीएको सांसद तामाङका स्वकिय सचिव सम्राट राउतले जानकारी दिनुभयो ।प्रदेश सांसद  तामाङको रोहबरमा उक्त कामको सुरुवात गरीएको हो । सांसद तामाङ आफै पुगी ताराजाली लगाईरहनु भएको छ ।

विधालय ,बजार र पुल जोगाउँने प्रयास गरीएको छ । सरस्वती माबिको एउटा भवन बगाएपछी अन्य भवन र बस्ती जोगाउन जनप्रतिनिधि र स्थानीयहरुले उक्त कामको थालनी गरेका हुन ।जिल्ला विपद व्यवस्थापन समितिले उपलब्ध गराएको तारजालीमा ढुङगा राखेर थप क्षति हुन नदिन काम भईरहेको छ ।

22222222221693030722.jpg

सांसद तामाङले प्रदेश बिपद्कोषबाट विद्यालय र बस्ती जोगाउनको लागी तत्काल आवश्यक पर्ने रकम विनियोजन गर्नको लागि आफु निरन्तर प्रदेशको आर्थिक मामीला तथा योजना मन्त्री सँंग समन्वय गरिरहेको जानकारी गराउनुभयो ।

44444441693030782.jpg

विद्यालयको अन्य संरचना जोखिममा परेपछि यहाँ लगभग पठपाठन ठप्प भएको छ । नदीको तटीय क्षेत्रको मुख्य सडकमा दर्जनौं स्थान बाढीपहिरोले तहसनहस बनाएपछि हेलम्बु र पाँचपोखरी थाङपाल जोड्ने सडक आहिले ठप्प छ । बाढीले हेलम्बुको किउल, चनौटे, ग्याल्थुम, मेलम्चीको तालामाराङ र पाँचपोखरी थाङपाल गाउँपालिकाको यांग्री , तिपेनी बजार प्रभावित भएका छन् ।

370933400_271274875765076_8400201317770060122_n1693030747.jpg

साथै शनिवार विहान सांसद कृष्ण कुमार तामाङ (समीर)को टोली मेलम्चीखोलामा आएको बाढीले निरन्तर कटान गरि जोखिम बनाएको चनौटे बस्ती र चनौटेको रातोपुलमा समेत स्थलगत अनुगन गरेका छन् ।

chu1693030832.jpg

प्रतिक्रिया दिनुहोस्