२०८२ कार्तिक २

पीडितका लागी स्थानीय युवाहरूले सहयोग रकम संकलन गर्दै

सिन्धुपाल्चोक  । हाप्राका आगलागी पीडित परिवारका लागी स्थानीय युवाहरूले रकम संकलन गरिरहेका छन ।

पीडितलाई सहयोग गर्न आह्वान गर्दै युवा ब्यवसायी अष्टराम श्रेष्ठको नेतृत्वमा बनकाली युवा समाजले रकम संकलन गरेको हो ।
हालसम्म ४ चार लाख भन्दा बढी रकम संकलन भएको उनीहरुले बताएका छन ।

गत बैशाख ३ गते जुगल गाउँपालिका ६ स्थित हाप्रामा आगोलागि भएको थियो । आगलागीले आवास, अन्नपात सबै क्षति भएको थियो ।

सहयोग बाट उठेको सबै रकम एकमुस्टमा पीडित परिवारलाइ हस्तान्तरण गरिने क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्