२०८१ श्रावण १२
                           

भिमशेन मा.विलाई बलेफि पालिका अध्यक्षले गरे १३ लाख सहयोगको घोषणा

सिन्धुपाल्चोक १४ ,मङ्सिर –
बलेफी गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री भिमसेन माध्यमिक बिद्यालयकाे   ४३ औं वाषिर्कोत्सवकाे अवसरमा बलेफी गाउँपालिका अध्यक्ष गङ्गा बहादुर तमाङले बलेफी गाउँपालिकाको चौतर्फी विकासमा आफ्नो व्यक्तिगत र जनताको  पार्टी नेकपा माओवादी केन्द्र नै लागि परेको जिकिर गर्दै बिद्यालयको रङ्ग रोगन र खेल मैदान निर्माणको लागि १३००००(तेर्ह लाख रुपैयाँँ ) विनियोजन गर्ने प्रतिवद्द्ता जनाउदा सिङ्गो धुस्कोटबासीले फुलमाला सहित अभिनन्दन गरेका थिए ।

साथै  बिद्यालयको खेल मैदान निर्माणका लागि बलेफी गाउँ पालिकाका उपाध्यक्षले आफ्नो व्यक्तिगत रुपमा २ महिना बराबरको तलब सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको थियो ।

यस्तै विधालयकाे ४३ औं वाषिर्कोत्सव तथा भुतपुर्व विद्यार्थी पुनर्मिलन समारोह नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

उक्त समारोहमा बिद्यालयको चौतर्फी हितकोलागी आफू सदैव लागि पर्ने बताउदै बिद्यालयको खेल मैदान निर्माणको लागि व्यक्तिगत ५१००० रुपैयाँँ सहयोगको घोषणा गर्दै आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्