२०८१ श्रावण १२
                           

पिस्कर बस दुर्घट्नामा मृत्यु भएका २ जनाको पहिचान खुल्यो

बैशाख ७, सिन्धुपाल्चोक । शुक्रबार विहान पिस्कर धारवतीमा जन्ती बोकेको सवारी दुर्घटनामा मृत्यु ३ मध्य ३ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा दोलखा भिमेश्वर न.पा. १ बस्ने वर्ष १७ का शिव श्रेष्ठ, वर्ष ७० को मान बहादुर थाँमी रहेका छन् ।

अर्का एक जना अन्दाजी १८ का पुरुषको शव भने पहिचमा हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक निरन्जन भट्टराईले जानकारी दिनुभएको छ । दुर्घट्नामा चालक सहित ७ जना गम्भिर घाइते भएका छन् । उनिहको उपचारको लागी सिन्धु सदाबहार अस्पताल खाडिचौर लगिएको छ ।

गम्भिर घाइते हुनेहरु

१ दोलखा बस्ने बर्ष २१ को स्वस्थानी तामाङ  ।
२ दोलखा बस्ने वर्ष २५ को प्रकास तामाङ  ।
३ दोलखा भिमेश्वर न.पा. १ वस्ने वर्ष ४४ को ज्ञान बहादुर तामाङ   ।
४ दोलखा बस्ने बर्ष ३४ को दल बहादुर तामाङ  ।
५ दोलखा कालिन्चोक गा.पा. ९ बस्ने वर्ष २४ को  सिँह बहादुर लामा ।
६ दोलखा भिमेश्वर न.पा. १ बस्ने बर्ष अं. १७ को  ईश्वर थामी ।
७ दोलखा सुन्दरावती गा.पा. ९ बस्ने बर्ष १९ को  लक्ष्मण थामी । 

बाकी ४५ जना  घाईतेहरुको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।  सो बसमा ५५ जना सवार थिए । विहान ७ बजेर २० मिनेटमा दोलखा क्षमावतीबाट  त्रिपुरासुन्दरी गा.पा. ५  धारवतीमा  आउदै  गरेको बा. ४ ख. ५६१६ नं. को बस दुर्घट्ना भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्