जुगल गाउँपालिका– ६ हाप्रामा वनकाली युवा समाजद्वारा आयोजित प्रथम जुगल गाउँपालिका अध्यक्ष कप सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
वनकाली युवा समाजले नया वर्ष १ गतेदेखि प्रथम जुगल गाउँपालिका अध्यक्ष कप सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु हुने वनकाली युवा समाजको अध्यक्ष दुर्गा श्रेष्ठले बताए।
जुगल गाउँपालिका वडा नं ६ हाप्रामा प्रतियोगितामा सहभागी हुन चाहने टीमले चैत ३१ गतेभित्र टीम दर्ता गराइ सक्नु पर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पहिलो पुरस्कार रु ७० हजार, दोस्रो पुरस्कार ४० हजार र तेस्रो पुरस्कार र २५ हजार, सान्त्वना हुने टीमले १० हजार रुपैंया ,ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ।
प्रतिक्रिया दिनुहोस्