२०८१ श्रावण १२
                           

न्यौपानेको “हिडिएका पाईलाहरु” पुस्तक बिमोचन हुदैँ

सिन्धुपाल्चोक ,२४ भदौ
पुण्यप्रसाद न्यौपानेको अनुभव र अनुभूति “हिँडिएका पाईलाहरु” यहि भदौ २९ गते शुक्रबार लोकार्पण हुदै छ । धराशायी बनेको स्टाफ कलेजलाई सुधार्ने चुनौती स्वीकादै १० वर्षमा कायापलट गर्नु भएका न्यौपानेले यस पुस्तकमा बाल्यकालका स्मृतिदेखि सानै उमेरमा विधालयको प्रभानध्यापक हुदाँका अनुभवसगैँ जिल्ला शिक्षा अधिकारी तथा जिल्लाकै प्रशासन सञ्चालनका अनेकन पलहरुलाई विविध आयाम पुस्तकमा समेटिएको छ ।

उहाँको क्षमताकै कारण नेपाल सरकारबाट पटक पटक विभिन्न मानपदविबाट विभूषित उहाँको यो पहिलो गैरआख्यान कृति पनि हो । चौतारा सागाँचोकगढी नगरपालिकामा जन्मिनुभएका न्यौपाने नेपाल सरकारको पुर्व सचिव समेत बन्नुभएको थियो ।
“हिँडिएका पाईलाहरु” पुस्तक २९ गते नयाँ बानेश्वरको थपागाउँ बैँकेटमा बिमोचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्