२०८१ जेष्ठ ४

चौतारामा ३ वटा सिपमूलक तालिम सोमबारदेखि  सुरु

बैशाख १७, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ मा गलैंचा बुनाई, वाशिङ मेशिन तथा फ्रिज मर्मत तालिम सुरु भएको छ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सिन्धुपाल्चोकको आयोजनामा गलैंचा बुनाई सम्बन्धी ३० दिने र वासिङ मेसिन तथा फ्रिज मर्मत सम्बन्धी १० दिने तालिम सोमबारबाट चौतारामा सुरु भएको हो।

तालिमको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सिता थापाले आफूले लिएको सीपको सही सदुपयोग गर्न आग्रह गरिन।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव श्रेष्ठले आवश्यकताको आधारमा आगामी दिनहरूमा तालिमहरू सञ्चालन गरिने बताए।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले समृद्धिका लागि आयआर्जन महत्वपूर्ण भएको उल्लेख गर्दै आयआर्जनका लागि सिप आवश्यक्ता भएको बताए।

कार्यक्रममा वडा सदस्य रामबहादुर घले वा नेवा देय दबुका केन्द्रीय सचिव हरिकुमार श्रेष्ठ, मिसा देय दबु बागमती प्रदेशका सदस्य शोभा उलक, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका पूर्व अध्यक्ष पानमाया तामाङ, नगर महिला संजालको सचिब तारादेवी राना लगायतका वक्ताले शुभकामना व्यक्त गरेका छ्न।

महासंघकी अध्यक्ष रीना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पूजा तामाङले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्