२०८२ असार २
                           

चौतारामा ३ दिने योग शिविर सम्पन्न

चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा  तिन दिने योग शिविर सम्पन्न भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाकि उपमेयर सीता थापाको प्रमुख आतिथ्यतामा बिहीबार शिविर विधिवत सम्पन्न भएको हो । सो अवसरमा उहाँले योगको महत्व र आवश्यकता बढ्दै गएकोले नगरले पनि योग साधनालाई व्यवस्थित गर्न लगानीको सुरुवात गरेको जानकारी दिनुभयो ।


योग गुरु ग्रुबेन तौजल्याले योगको महत्व बारे चर्चा गर्नुभयो ।
कार्यक्रममा सहभागी साधकसाधिकाहरुबाट सूर्य नमस्कार, चन्द्र नमस्कार र भूमी नमस्कार जस्ता योग आसनहरु प्रस्तुत गर्नुभएको थियो ।

भारतीय पुज्य साब्धि देवादितीले ३ दिनसम्म योग साधनाको प्रशिक्षण गर्नुभएको कार्यक्रममको अन्तिम दिन प्रमुख जिल्ला अधिकारी किरण थापा, अनुसन्धान प्रमुख एसपी राजन प्रजापती लगायत सरकारी गैरसरकारी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मेलम्ची, बाह्रबीसे र साँगाचोकका साधकसाधिकाहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा योग गुरु किरणमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।

चौतारा साधन केन्द्रको बार्षिकोत्सवको आवसरमा आयोजित कार्यक्रमको सञ्चालन केन्द्रका सचिव गुणकेशरीले श्रेष्ठले गर्नुभएको थियो भने स्वागत शोभा उलकले गर्नुभएको थियो ।
कार्यक्रम तिलक श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्