मेलम्ची नगरपालिकाको सहकार्यमा काठमाडौं मेडिकल कलेजमा विभिन्न रोगका बिरामीहरूलाई निःशुल्क शल्यक्रिया गरिएको छ। मेलम्चीमा गत फाल्गुन २६ गते आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट सिफारिस भएकाहरुले सेवा पाएका हुन ।
शिविरमा स्वास्थ्य परीक्षणपछि गम्भीर शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूलाई छनोट गरिएको थियो। ती बिरामीहरूको काठमाडौं मेडिकल कलेजमा आवश्यक औषधि बाहेक सम्पूर्ण उपचार तथा शल्यक्रिया निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ ।
आर्थिक अवस्था कमजोर तथा दुर्गम क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवासँग पहुँच सुनिश्चित गर्न सहकाय गरिएको मेलम्ची नगर प्रमुख आइतमान तामाङले बताए ।
प्रतिक्रिया दिनुहोस्