२०८२ बैशाख १६
                           

चौथौ तोप २१ – प्रथम चौतारा साँगाचोकगढी नगर कप भलिबलको तयारी पुरा ( फोटो फिचर)

चौथौ तोप –२१ प्रथम चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुल्ला क्लब स्तरिय भलिबल प्रतियोगिता २०८१ को तयारी पुरा भएको छ । प्रतियोगिता चौतारा टँुडिखेलमा भोलीबाट सुरु हुदैछ ।

प्रतियोगिताको उदघाटन् विहान ८ बजे हुने आयोजकले जनाएको छ । तोप २१ चौताराको आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रबर्धनमा चैत १५ गते देखि सुरु हुने प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा ७ टोलीले सहभागिताका लागि टिम दर्ता गराएको आयोजकले जनाएको छ। । नेपाल भलिबल सङ्घ, बागमती प्रदेश भलिबल सङ्घ, जिल्ला भलिबल सङ्घ सिन्धुपाल्चोक र जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोग रहनेछ ।

नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश र जुगल होराइजन सिन्धुपाल्चोक गरी ७ टोली सहभागी प्रतियोगितामा पहिलो हुनेले ३ लाख, द्वितीय हुने टोलीले १ लाख ५० हजार र तृतीय हुने टोलीले ७५ हजार पुरस्कार पाउनेछ।

त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीले २० हजार सँगै उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर उत्कृष्ट ब्लकर र उत्कृष्ट लिब्रोले १०–१० हजार पुरस्कार सहित ट्रफी पाउने छ।

 

 

प्रतिक्रिया दिनुहोस्