२०८१ चैत्र ११
                           

बसले मोटरसाइकलाई ठक्कर दिदा १ जनाको मृत्यु

सिन्धुपाल्चोक । काठमाडौंबाट बाह्रबिसे तर्फ आइरहेको अरनिको यातायातको प्र.३.०१ ००५ ख ९९४० नम्बर को बसले बा.प्र.०२ ०३७ प ०८५७ नंम्बरको मोटरसाइकलाई ठक्कर दिदा १ जनाको मृत्यु घटनास्थमै मृत्यू भएको छ ।

अर्का एक जना गम्भिर घाइतेलाई थप उपचारको लागि धुलिखेल अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।

मृत्यू हुनेमा कैलाली जिल्लाको धनगढी उ.म.न.पा. ८ बस्ने बर्ष २३ को बिकाश जोसी रहेका छन् । गम्भिर अर्का घाइते धनगढी उ.म.न.पा. ८ बस्ने बर्ष २३ को सुबोध धामी रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक सुमेश पाण्डेले जानकारी दिए ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्