२०८१ माघ २४
                           

अहिलेको सरकार सुशासनकाे बाधक, पूर्वमन्त्री युवराज दुलाल

बागमती प्रदेशका पूर्व भाैतिक तथा पुर्वाधार विकासमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य युवराज दुलाल शरदले अहिलेको सरकार सुशासनकाे बाधक भएकाे आरोप लगाएका छन् । आइतवार माओवादी केन्द्र हेलम्बु गाउँपालिकाकाे दाेस्राे अधिवेशनलाई सम्बाेधन गर्दै नेता दुलालले अहिलेकाे सरकारबाट विकास र सुशासनकाे आशा गर्ने ठाउँ नभएकाे बताए । माओवादी नेतृत्वकाे सरकारले भ्रष्टाचार विराेधी अभियान चलाउँदै गर्दा भ्रष्टचारकाे संरक्षण गर्न प्रचण्ड सरकार ढालेकाे दाबी गरे।

हेलम्बु गाउँपालिकाकाे विकासकाे लागि आफुले धेरै प्रयास गरेपनि स्थानीय सरकारनै विकासकाे बाधक रहेकाे दुलालले बताए । हेलम्बुमा आफ्नाे पहलमा विनियाेजन भएका आयाेजनाहरु सम्झाैता र कार्यान्वयन गर्न हेलम्बुकाे स्थानीय सरकारले बाधा गरेकाे बताए ।

सात बर्ष गाउँपालिकाकाे नेतृत्व गर्दा गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले  गाउँपालिका भवन समेत बनाउन नसकेकाे बताउदै शेर्पा नेतृत्वकाे स्थानिय सरकारलाई नेता दुलालले गफाडीकाे संज्ञा दिए ।

माओवादी केन्द्र हेलम्बुकाे दाेस्राे अधिवेशनबाट माेदनाथ भण्डारी निर्विराेध चयन भएका छन् । भण्डारीकाे नेतृत्वमा ४३ सदस्य गाउँपालिका कमिटि निर्विराेध चयन गरिएकाे निर्वाचन समितिका संयाेजक केदार प्रसाद लामिछानेले जानकारी दिए ।

अधिवेशनबाट उपाध्यक्षमा दिनेश बरुवाल , मिङ्मार तामाङ , सुप्रभा गिरी, सचिवमा दिपक कुमार लामिछाेने, सहसचिवमा बिश्वराम गुरागाईँ, काेषाध्यक्षमा बलराम सुनुवार चयन भए।   अधिवेशनमा लाेकदाेहाेरी कलाकार राजेन्द्र भण्डारी , सविता ढुंगाना र बलबिर वाइबाले सांस्कृतिक प्रस्तुति मार्फत मनाेरञ्जन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्