२०८१ माघ २४
                           

आधारभूत तह स्तरीय नेपाली हिज्जे प्रतियोगितामा जलदेवि मावि प्रथम

 

जुगल गाउँपालिका द्वारा आयोजित आधारभूत तह (६-८) स्तरीय नेपाली हिज्जे प्रतियोगितामा सम्पन्न भएको छ।
गाउँपालिका भित्रका १६ वटा बिधालय सहभागी भएको उक्त प्रतियोगितामाज श्री जलदेवि माध्यमिक बिधालय याङलाकोट प्रथम, श्री सेलाङ मा वि दोस्रो र श्री जुगल मा वि ले तृतीय स्थान हात पारेका छन।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हात पार्न सफल बिधालय हरुलाइ शैक्षिक सामग्री द्वारा पुरस्कृत गरिएको छ।
गाउँपालिका अध्यक्ष रेशम स्याङबोले विद्यार्थीहरूमा नेपाली भाषाका भाषिक सीप उन्नयनका साथै उच्चारण र लेखनका क्रममा हुने गरेका भाषिक त्रुटिहरू निराकरण गराउने उच्च अभिप्रायका साथ सो कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्