रेडियो मेलम्ची १०७.२ मेघाहर्ज स्थापनाको १३ बर्ष पुग्दै गर्दा निकै आरोह अवरोह पार गदै सामुदायिक संचारको एउटा प्रतिक बनेर हरेक चुनौतिहरुको सामना गर्दै हरेक घरघरमा बिहानको घाम संगै सुचना दिन पुग्छ । यहि रेडियो १२ बर्षको यात्रालाई सफलताकासाथ पुरा गरि अहिले १३ बर्षमा प्रबेश गरेको छ । यो यात्रा त्यति सहज अनि सजिलो थिएन । प्राकृतिक बिपत्ती देखि प्राबिधिक चुनौतिहरु लाई पार गर्दै सामुदायिक संचारका क्षेत्रमा आफनो स्थायित्व र योगदानलाई प्रमाणित गरिदिएको छ । जसको श्रेय आदणिय श्रोता, बिज्ञापन दाता, आम शुभचिन्तकहरुमा जान्छ ।
कुन आबश्यताले जन्मियो रेडियो मेलम्ची
सिन्धुपाल्चोक जिल्ला भौगोलिक हिसाबले निकै जटिल जिल्लाको रुपमा रहेको छ । यहाँको भौगोलिक बनावट हेर्ने हो भने ,तराई पहाड अनि हिमाल समेतको समिश्रणको रुपमा रहेको छ । जसको कारणले एकै ठाँउबाट सबै ठाँउमा सुचना प्रवाह गर्न निकै कठिन थियो । सदरमुकाममा भएका रेडियोहरुको पहुचँ साविकको ३ नम्बर निर्वाचन क्षेत्रमा एकदमै न्युन थियो । बरु काभ्रे बाट प्रसारण हुने रेडियोहरु धेरै ठाँउमा सुन्न सकिन्थ्यो । जुन रेडियोबाट काभ्रे जिल्लाको सुचना खबरहरु बढि मात्रामा भन्थ्यो । जसले गर्दा साविक ३ मा एउटा रेडियो स्थापनाको महशुस त्यस क्षेत्रका आम मानिसहरुलाई भएको थियो ।
त्यस क्षेत्रका सामाजिक अगुवा, बुद्धिजीवी, राजनैतिक ब्यतिmत्वले पटक पटक त्यो कुराहरुलाई सार्वजनिक रुपमै उठाएका थिए । त्यसपछि बिशेष गरि त्यहि क्षेत्रका युवाहरुको एउटा टोली त्यसमा लागिपर्यो , सरोज ढुङगाना,देवराज सुबेदी, लगायतको टोली पछाडी झोलामा कागजपत्र बोकेर बारम्बार सिहंदरवारको ढोका ढकढकाएपछि रेडियो मेलम्चीले इजाजत प्राप्त गर्यो ।डम्बर रसिक भारती,कृष्णप्रसाद धिताल,जनक अधिकारी लगायतका साथीहरु रेडियोको संचालक समितीमा जोडिनुभयो । बिशेष गरि साविकको ३ नम्बर निर्वाचन क्षेत्रलाई आफनो मुल कर्म थलो मानी आम नागरिककलाई उनीहरुको सवाल उठाउने थलो, शिक्षामुलक कार्यक्रम,मनोरंजनात्मक सामाग्रीहरुको प्रसारण बिशेष गरि समुदायको आबश्यकता र समस्याहरु संग जोडेर उनीहरुको आवाज बन्ने उदेश्यले रेडियोको स्थापना भयो ।
प्राकृतिक बिपत्तीमा हार नमानेको रेडियो
रेडियोले बिस्तारै बामे सर्दै थियो । गाँउ गाँउ डुलेर बिज्ञापन खोजी गर्दै, रेडियो संचालन भैरहेको थियो । बिस्तारै बिस्तारै रेडियोलाई माया गर्ने शुभचिन्तकहरुको संख्या बढदै थियो । २०७२ साल बैशाख १२ गतेको बिनाशकारी भुकम्प आयो जसले समग्र सिन्धुपाल्चोकलाई नराम्रो संग प्रभावित गर्यो । जनजीवन अस्तब्यस्त थियो । घरहरु भत्किएका थिए । बेलाबेला गइरहने पराकम्पनहरुले आम मानिसहरुमा डरमात्रै थियो ।
सुचनाको पहुँचबाट आम मानिस बन्चित भएको अबस्था थियो । मोबाईल नेटवर्कमा समस्या हुदाँ सम्पर्क सम्बन्य कहिकतै थिएन । रेडियो संचालन भएको घरका भित्ताहरु चर्किएको थियो । त्यहि समयमा रेडियो मेलम्ची नागरिकको सहारा बन्न पुग्यो र रेडियो मकैबारीबाट संचालन गरियो । रेडियो माफर्त आम नागरिकलाई तत्काल राहत,उद्धार, भुकम्पले कहाँ के भएको छ अबस्थाको जानकारी दिदै सहज सचेत रहन आग्रह गरिरहयो । सम्बन्धित निकायहरुलाई राहत उद्धारको लागि झकझकाउने ,सहि सुचनाको सम्प्रेषण गर्ने काममा हावाहुरी,घामपानी नभनि आफनो ज्यानको समेत प्रभाव नगरि रेडियोको टिम सुचना दिनमा लागिरहयो ।
जसबेला आम नागरिकको एक मात्रै साहाराको रुपमा रेडियो मेलम्ची दह्रो खम्बा बनेर उभियो ।
भुकम्प पछि पुननिमार्णका उपायहरु सिकाउने, राहत सामाग्रीको बितरणहरुको सुचना दिने तथा पुर्नस्थापनाको लागि बिभिन्न सरकारी गैरसरकारी संस्थाहरुसंग सम्बन्य गर्दै जनचेतनामुलक कार्यक्रमहरुको उत्पादन प्रसारणमा निरन्तर लागिरहयो । बिपत्तीको समयमा समेत आफनो प्रसारणलाई निरन्तरता दिनुले रेडियो मेलम्ची प्रति अझै माया बढदै गयो । त्यसपछि बिभिन्न संघ संस्था,शुभचिन्तकहरुको सहयोग बाट दुवाचौरमा सानो घरको स्थापना गरि रेडियो संचालन भयो । भौगोलिक अबस्थाको कारण दुवाचौर बाट मात्रै रेडियो संचालन गर्न कठिनाई भएसंगै इस्टेशन दुवाचौरमा भएपनि मेलम्ची बजारबाट रेडियोलाई संचालन गरियो ।
बामे सर्दै गर्दा आएको भुकम्पले बिनास संगै रेडियो प्रति थप बिश्वास पनि लिएर आयो । मेलम्ची नगरपालिका लगायत सबै पालिका, संघ सस्था,शुभचिन्तकको अपार माया साथ सहयोग बाट मेलम्ची बजारमा रेडियोले आफनै घर बनाउन सफल भयो । तर त्यो घरबाट धेरै समय रेडियो संचालन हुन पाएन भुकम्प गएको झन्डै ६ बर्षपछि २०७८ साल असारमा साविक ३ निर्वाचन क्षेत्रका नागरिकहरुले अर्को ठुलो महाबिपत्तीको सामना गनुपर्यो । मेलम्ची आएको बाढीका कारणले नदि किनाराका दर्जनौ बस्तीहरु खोलामा परिणत भए । सयौ मानिसहरु बिस्थापित भए । हजारौ रोपनी खेतीयोग्य जमिनहरु नष्ट भयो । जनजीवन अस्त्बयस्त भयो । कहाँ बस्ने ,के खाने टुङगो भएन ।
रातभरि खोला हेरेर बस्नु बाहेकको बिकल्प भएन । यहि बाढीको भेलले रेडियो मेलम्चीको टिम, आम शुभचिन्तकहरुको सपना क्षणभरमै बाढीमा बिलिन भयो । हजारौ सपनाहरु घर लडेसंगै सबै लडयो फेरि उहि पुरानै अबस्थामा फर्कनुपर्ने अबस्थाको सिर्जना भयो । घर बगाएको थियो । आमा शुभचिन्तक,श्रोताहरुको माया हटेको थिएन , झनै बढेर आयो , र फेरि उठयो रेडियो मेलम्ची,बिपत्तीकै बिचमा घर घरमा बज्न थाल्यो रेडियो ,आफनो भुमिका निर्वाह गर्न कहि चुकेन ।
जुन बेला रेडियो संग केहि थिएन ,फेसबुकमा एउटा ल्यापटप भएमात्रै पनि हामी रेडियो संचालन गर्न सक्छौ भन्ने सुचना हालेसंगै ल्यापटप सहयोगी संस्थाले उपलब्ध गराएसंगै बाढी प्रभावित क्षेत्रहरुको स्थलगत अबलोकन गर्दै आम मानिसलाई सचेत गराउन लागिपर्यो । प्रभावित क्षेत्रहरुमा राहत सहयागी निकाहरुलाई सम्बन्य गर्न तल्लिन भयो । बाढीको समयमा रेडियोले सुचनालाई पहिलो प्रथामिकता राख्यो ।
चुनौति र समुदायसंगको सम्बन्ध
१३ बर्षमा रेडियो प्रवेश गर्दै गर्दा अनेकौ चुनौतीहरुको सामना गर्दै आएपनि , केहि चुनौतिहरु आजका दिनमा समेत छन । रेडियो संचालनका लागि आर्थिक र प्राबिधिक चुनौती सधै रहने गरेको छ । उपकरणहरुको मर्मत संभार,प्रसारणको निरन्तरता,कार्यक्रम उत्पादनका लागि आवश्यक जनशतmी सिमित बजार अनि थपिदै गएका अन्य रेडियोहरु,रेडियो सुन्ने श्रोताहरु घटदै जानु, अनि विकसित हुदै गएको बिश्व बजार र डिजिटल दुनियाँले सुचनाको पहुचका श्रोतहरु बढेका छन । जसले आगामी दिनहरुको यात्रा निकै कठिन छन । जस्तो अबस्थामा पनि रेडियो मेलम्ची आफनो श्रोता बिज्ञापनदाता, शुभचिन्तक प्रति निकट सम्बन्ध कायम राख्न सफल भएको छ । किसानहरुका लागि कृषि कार्यक्रम ,महिलाहरुका लागि महिला शशतिmकरणका कार्यक्रम,बिद्यार्थिहरुका लागि शैक्षिक कार्यक्रम समग्र समुदायको लागि मनोरंजनात्मक कार्यक्रमहरु प्रस्तुत हुदै आएका छन । रेडियो संचार माध्यम मात्रै नभई समुदायको आवाज बन्न सफल भएको छ ।
र अनत्यमा …
१३ बर्षमा रेडियो प्रबेश गर्दै गर्दा माघ १० गते रातको ९ः५५ बजे राष्ट्रिय गित बजाएर शुरुवात भएको रेडियो मेलम्ची १०७.२ मेघाहर्ज २०७२ सालको भुकम्प होस वा २०७८ को बाढी,रेडियो सधै समुदायको साथमा रहेको छ । यसले केवल सुचना प्रवाहको मात्रै काम गरेन, बिपत्तीको समयमा आशाको किरण बनेर देखायो । १३ औ बर्षको यो नयाँ यात्रामा रेडियोलाई थप प्रभावशाली बनाउन यहाँहरुको अझै साथ सहयोग रहनेछ भन्ने बिश्वास छ । हामीलाई लागेको छ रेडियो मेलम्चीले समुदायको मन मात्रै जितेको छैन । यसले सामुदायिक संचारको क्षेत्रमा एउटा अनुकरणिय उदाहरण प्रस्तुत गरेको छ । यसका लागि आम श्रोता,बिज्ञापन दाता,संघ संस्था ,शुभचिन्तकहरुमा हामी कृतज्ञ छौ ।
कृष्णप्रसाद धिताल
रेडियो मेलम्ची संचालक सदस्य
प्रतिक्रिया दिनुहोस्