प्रहरीले रक्तचन्दन तस्करी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । गएराति काठमाण्डौ र भक्तपुरको सीमा क्षेत्र काँडाघारीबाट चार सय ६२ किलो रक्तचन्दन सहित काठमाण्डाैका रमेश थापा र सिन्धुपाल्चोककाे बलेफीका ज्ञानबहादुर तिमिल्सिनालाई पक्राउ गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूले केही महिना अगाडि नै रक्तचन्दन ल्याएर तिमल्सिनाको कोठामा राखेको र अर्को व्यक्तिलाई बुझाउने तयारी गर्दै गर्दा सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । रक्तचन्दन कहाँबाट ल्याइएको हो र गन्तव्य कहाँ हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्