२०८१ पुष २९
                           

जुगल ६ का किसानलाई कृषि समाग्रि वितरण

गाउँपालिकाले ३५ जना महिला कृषकहरुलाई कृषि सामाग्रि हस्तान्तरण गरेको हो । वडा नम्बर ६ को वडा कार्यालयमा गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले कृषकहरुलाई प्लाष्टिक टनेला, पानी ट्यांकी, ड्रम, पाइप, किटनासक विषादी छकर्ने प्रविधि, लगायतका सामाग्रि हस्तान्तरण गरे ।
अघिल्लो वर्ष १० जना नमुना कृषकहरु छनोट गरि तरकारि खेतीसम्बन्धि तालिम प्रदान गरेकोमा उनीहरुले राम्रो उत्पादन गरि आयआर्जन गर्न थालेपछि थप २५ जना महिला कृषकहरुलाई प्रोत्साहन स्वरुप कृषि समाग्रि हस्तान्तरण गरिएको हो ।
उक्त सामाग्रि ८० प्रतिशत गाउँपालिकाको लगानी र कृषकको २० प्रतिशत लगानीमा प्रदान गरिएको अध्यक्ष स्याङ्बोले बताउए ।यसअघि बाहिरबाट आयात गरि तरकारीजन्य बस्तुहरु उपभोग गर्दै आएका गाउँका बासिन्दाहरु अहिले गाउँमै उत्पादन भएको अर्गानिक तरकारी उपभोग गर्न थालेका छन् ।
गाउँमै तरकारि उत्पादन हुन थालेपछि कतिपय महिलाहरुले आयस्रोत समेत बृद्धि गरेका स्थानीय कृषक कबितामाया श्रेष्ठले बताइन् ।
६ नम्बर वडामा सिँचाई सुविधा पर्याप्त रहेकाले तरकारी उत्पादनलाई थप बृद्धि गर्दै लैजाने वडा अध्यक्ष टंक तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्