आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको खानी तथा भूगर्भ विभागले जानकारी दिए । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।
भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको बताए । यससँग नजिकका नेपालका जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा र दोलखा रहेका छन् । ती जिल्लामा भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्