२०८१ पुष २९
                           

हेलम्बुमा ड्रिकुङ छेचाङ रिम्पाेछे

रामकृष्ण थापा, सिन्धुपाल्चोक ।  हिमाली गाउँपालिका हेलम्बुमा शरण नायक धर्म गुरु ड्रिकुङ क्यावगोन तेन्जिङ कुन्जाङ ठिन्ले ल्हुन्डुप छेचाङ रिन्पोछे आइपुगेका छन् ।

गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको निमन्त्रणमा पर्यटकीय गन्तव्य हेलम्बु भ्रमणका लागि छेचाङ प्राइभेट हेलिकप्टरबाट  वडा नं ६ घाेप्टेघ्याङस्थित बाेधिसत्व माेडल विद्यालयमा आएका हुन् ।

कग्यु सम्प्रदायकाे साताैँ आैतारी मानिने छेचाङ रिम्पाेछे त्यस समुदायको सबैभन्दा ठूलाे बाैद्धधर्म प्रचारक र प्रशिक्षक मानिन्छन् । रिम्पाेछेकाे दर्शन गर्न हेलम्बु आसपासका वासिन्दा घाेप्टेघ्याङ आएका थिए ।


रिम्पाेछेले वडा नं. ६ मा निर्माणाधीन महत्वाकांक्षी याेजना ६० किलोमिटर लामाे हेलम्बु ग्रेट ट्रेल र बाेधिसत्व माेडल विद्यालयकाे अवलोकन गरेका छन् । साथै आवश्यक सहयाेग गर्ने वचन दिएका छन् । “धार्मिक पर्यटन र शिक्षाका लागि रिम्पाेछेले आर्थिक सहयाेग गर्ने वचन दिनुभएकाे छ, “पालिका प्रमुख शेर्पाले भने । रिम्पाेछेले तिव्वती याेगी जिचेन मिलारेपाकाे गुफा र त्यसआसपास रहेका गुम्बाकाे पनि अवलोकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्