२०८१ पुष २९
                           

 थामी व्यक्तित्व विकास तथा प्रशिक्षण केन्द्रको उद्घाटन सम्पन्न 

सुरेश तिमल्सिना, काठमाडौं । काठमाडौ स्थित तार्केश्वर नगरपालिका ३ जितपुरफेदिमा शनिबार एक कार्यक्रम पश्चात् थामी व्यक्तित्व विकास तथा प्रशिक्षण केन्द्र प्रा.लि को उद्घाटन गरिएको छ ।

संस्थाका अध्यक्ष दिपेन्द्र थामिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी पूर्व मन्त्रि महेश बस्नेत यसैगरी विशिष्ट अतिथि विश्व किर्तिमानी डाक्टर अनन्तराम के.सि, नेपाल थामी समाज केन्द्रिय महासचिव शरण थामी, वागमती प्रदेश सभा सदस्य माइली तामाङ उपस्थित थिए ।

थामी जातिको देश विकासमा अतुलनीय योगदान रहेको कारण उनिहरुको सधैं राज्यले कदर गर्नपर्ने साथै आगामी दिनमा समेत थामी जातिको संरक्षण र प्रवर्द्धनमा आफू सधैं लागिरहने मा बिश्वस्त रहन महेश बस्नेतले हौसला दिए । यसैगरी वागमती प्रदेश सभा सदस्य माइली तामाङले सिन्धुपाल्चोक जिल्लामा थामी समुदायको कम जनसंख्या रहेपनी उनिहरुले समाजमा धेरै योगदान पुर्याएको र अझै देशभरका यो समुदायको व्यक्तित्व विकास गर्न आफू सधैं लागिरहने बताईन ।

संस्थाका अध्यक्ष दिपेन्द्र थामी आफैंमा एक पब्लिक स्पिकर हुन । उनले लामो समयदेखि विभिन्न स्थानमा पब्लिक स्पिकिङका तालिम दिदै आईरहेका छन । संस्थाले आगामी दिनमा विशेषगरि थामी समुदायको व्यक्तित्व विकास अन्तर्गत डान्स सिकाउने, योगाको तालिम दिने, साहित्य सिर्जनाको तालिम दिने, थामी भाषालाई अझै विस्तार गर्ने जस्ता कार्यमा विशेष योगदान पुर्याउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्