२०८१ पुष २९
                           

निम्लुङ भीमसेनथानको ऐतिहासिक जात्रा ३० गते हुने

जुगल गाउँ पालिका वडा नम्बर २ स्थित निम्लुङ भीमसेनथानको ऐतिहासिक जात्रा ३० गते हुने भएको छ। बल र व्यवसायीक देवताका रुपमा पुजिने निम्लुङ भीमसेन थान जात्रा हरेक वर्ष मंसिर पुर्णिमा मनाउने गर्छ। भक्तजनहरु ले भाले बोका राँगो धुप लागेर निम्लुङ भिमसेनको जयजयकार सहित जात्रामा सरिक भइ भिमसेन सग धन बल माग्ने चलन रहेको छ। पहिले गोल्चे देखि निम्लुङ भिमसेन थान मन्दिरमा देउता भित्र्याउने चलन रहेको थियो ।

निम्लुङ भिमसेनथान मन्दिर उत्पत्तिको बारेमा स्थानीय कथन अनुसार हालको भिमसेनथान मन्दिर भएको ठाउँ वरिपरि जंगलमा बाख्रा चराउन जाने क्रममा बाख्रा गोठालो को सिङ्गरे बोका हराएको थियो। गोठालो ले बोका हराएर खोज्दै जाने क्रममा जंगलको बीचमा रहेको ओडारमा बोका आनन्द ले बसिरहेको भेटिए पछि बोका लाई गोठमा ल्याउदा पनि पुनः सोही ठाउँमा गएर बसेको र पटकपटक यो क्रम दोहोरिएकोले त्यस ठाउँमा अदृश्य शक्ति भएको अनुमान गरि स्थानीय झाक्री लागेर हालको मन्दिर रहेको ठाउँमा मन्त्र जापी झाक्री द्दारा पाँच पण्डव भिमसेन मध्ये को जेठो दाइ आकाशमा उडेको र कान्छो उज्यालो हुन लागे पछि हाल को मन्दिर रहेको ठाउँमै बस्नु भएकोले निम्लुङ भिमसेन थान पाँच पण्डव मध्ये कान्छा भाईको बास स्थान रहेको पुष्टि गरि मन्दिर निर्माण गर्नु भएको थियो।

बल साहस र बहादुरीको देवताको रुपमा परिचित निम्लुङ भीमसेनथानको यो जात्रा यस भेगको बाल्य अवस्था बृद्ध अवस्था देखि युवावर्गमा समेत लोकप्रिय छ । प्राचीन समयमा खेतीपाती व्यापारको क्रममा कठिन पहाड खोलानाला घनाजंगल पार गर्दा चोरी डकैतीको साथै जङ्गली जनावर समेतको भय रहन्थ्यो । त्यस्तो अवस्थामा साहस र बलको उपासनाको रुपमा स्थानीय ले भीमसेनको पुजा गर्न थालेको किम्वदन्ती समाजमा प्रचलित छ । निम्लुङ भिमसेन थान यस भेगको प्रख्यात मन्दिरको रूपमा परिचित रहेको छ। स्थानीय युवा हरुले जात्रा लाई भव्य रुपमा मनाउन को लागि देश विदेशमा रहेका स्थानीय युवा हरुले अर्थिक संकलन समेत गरि आसपास का सबै लाई जात्रा सरिक हुन चुले निम्तो समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्