१३ मंसिर – २०८० काे एसइई परीक्षामा सामेल भएर उत्कृष्ट नतिजा ल्याउने जुगल गाउँपालिका भित्रका पाँच विद्यार्थीलाई नगदसहित सम्मान गरिएकाे छ । १३ र १४ गते सम्पन्न हुन लागेको जुगल गाउँपालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमकाे उद्घाटन सत्रमा ती विद्यार्थीलाई सम्मान गरिएको हाे ।
जुगलमा रहेका १० माध्यमिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउनेलाई नगद र सम्मानपत्र दिइएको थियाे। उत्कृष्ट छात्रछात्रालाई माओवादी केन्द्र जुगल गाउँ पार्टी कमिटी अध्यक्ष ईश्वर गुभाजूले जनही पाँच पाँच हजार नगद प्रदान गरेका छन् । गुभाजूले जुगलकाे शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण सहयोग प्रदान गर्दै आएका छन् ।
विद्यार्थीलाई सम्बाेधन गर्दै गुभाजुुले भने, तपाईंहरु उत्कृष्ट नतिजा ल्याउन मिहिनेत गर्नुस् म हरेक हिसाबले साथ दिनेछु । नगदसहित सम्मान हुने विद्यार्थीहरुमा रामेश्वर माध्यमिक विद्यालय खमारेका ३.४७ जिपीए ल्याउने .विवेक श्रेष्ठ र ३.४४ जिपीए प्राप्त गर्ने रमीता थापा छन् ।
त्यसैगरी प्राविधिकतर्फ उत्कृष्ट नतिजा ल्याउने रत्नराज्य मावि चनाैटेका डाेल्मा तामाङ (३.४७) , अनिश पाैडेल (३.४६) र जुगल मावि बिशिंखरकी ३.४४ जिपीए प्राप्त गर्ने दावा डाेल्मा तामाङलाई नगदसहित सम्मान गरिएको छ । जुगल मावि बिशिंखरले एसइइमा सत्प्रतिशत नतिजा ल्याएको थियाे । जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बाेकाे प्रमुख आतिथ्यमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ । प्रतियोगितामा जुगलका १० माविमा अध्ययन गर्ने पाँच सय विद्यार्थी सहभागी छन् । अखिल क्रान्तिकारी जुगलका अध्यक्ष सुमन श्रेष्ठले बताएअनुसार उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रत्येक वर्ष यसैगरी सहयोग र सम्मान गरिने संस्कृत स्थापित गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्