२०८१ श्रावण १२
                           

जिल्लाकै ठूलो प्रदेश स्तरीय भलिबलको सबै तयारी पूरा

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका –७ मा हुन लागेको प्रदेश नं. ३ स्तरीय पुरुष भलिबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ । आयोजक संस्थाले आज गरेको पत्रकार सम्मेलनमा सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

भदौरे गणेश सामाजिक संस्थाको आयोजना र नेपाने युथ क्लबको सह आयोजनामा हुन लागेको प्रथम भदौरे गणेश कप पुस २६ गतेबाट सञ्चालन हुँदैछ । भ्रमण वर्ष २०२० को सफलताको लागि सिन्धुपाल्चोकसहित चौतारा साँगाचोकगढी नगरपालिका र सानोसिरुवारी क्षेत्रका पर्यटकीय महत्वका सम्पदाको प्रचारप्रसार गर्नका लागि यो प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

प्रदेश नं. ३ का १३ मध्ये ११ जिल्ला सहभागी हुन लागेको आयोजक संस्थाका अध्यक्ष रविन गौतमले बताए । ‘रसुवा र काठमाण्डौं बाहेक सबै जिल्लाका खेलाडीहरु प्रतियोगितामासहभागी हुदैं हुनुहुन्छ,’ अध्यक्ष गौतमले भने– ‘हामी सबै खेलाडी तथा अतिथिहरुलाई स्वागत गर्न आतुर भएर बसेका छौं ।’ पर्यटन र खेलकुद एकैसाथ जोडिएकाले प्रतियोगितामा सहभागी हुन खेलाडी तथा दर्शकलाई समेत अध्यक्ष गौतमले निमान्त्रणा गरे ।

प्रतियोगितामा प्रथम हुने टीमले दुई लाख दुई हजार बीस रुपैंया नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुने टीमले भने एक लाख एक हजार दश रुपैंया नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । जिल्लाकै ठूलो धनराशी पुरस्कार भएको सो प्रतियोगितामा खेलभरीकै उत्कृष्ठ खेलाडी तथा विधागत उत्कृष्ठ खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।

‘सिन्धुपाल्चोक जिल्लामा यति धेरै जिल्ला सहभागी भएर हुन लागेको यो भलिबल प्रतियोगिता हालसम्मकै ठूलो प्रतियोगिता पनि हो ।’ चौतारा साँगाचोकगढी नगरपालिका– ७ का वडाध्यक्ष उमाप्रसाद दुलालले भने– ‘यो सानोसिरुवारीको मात्रै नभई जिल्लाकै गौरबको खेलकुद प्रतियोगिता हो ।’ वडाध्यक्ष दुलालले प्रतियोगिता सफल पार्न सबै पक्ष र क्षेत्रबट सहयोग गर्नुपर्ने बताए ।

प्रतियोगिता सञ्चालन गर्न चौतारा सााँगाचोकगढी नगरपालिकाका साथै वडा कार्यालय र प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालयले समेत समन्वय गरिरहेको सह आयोजक क्लबका अध्यक्ष रामहरी पराजुलीले बताए । ‘हामी कार्यक्रमलाई पूर्ण सफल बनाउन दिनरात नभनी मेहनत गरी सा्रेत संकलन र कार्यक्रम व्यवस्थापन गरीरहेका छौं,’ अध्यक्ष पराजुलीले भने– ‘कार्यक्रमलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुने सबैलाई नमन गर्दै थप सहयोगको लागि हामी सबैसँग अनुरोध गर्दछौं ।’

प्रतियोगितामा सहभागी हुने सबै खेलाडी तथा प्रशिक्षकलाई आवास तथा खानाको व्यवस्था समेत आयोजक संस्थाले नै व्यहोर्नेछ भने पर्यटकीय स्थलको चिनारी झल्काउने प्रचार समाग्री समेत प्रदर्शन गरिनेछ ।

खेल तालिका :

प्रतिक्रिया दिनुहोस्