४ कार्तिक – दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई सुपर ओभरमा हराएकाे छ । अमेरिकाले दिएकाे ३ रनकाे लक्ष्य नेपालले ४ बलमा भेटायाे । सुपर ओभरमा अमेरिकाले २ रन बनाएकाे थियाे । नेपालका साेमपाल कामीले २ रन दिएर २ विकेट लिए ।
त्यसअघि नेपालले दिएकाे १ सय ७१ रनकाे लक्ष्य पछ्याएकाे अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रनमात्रै बनाउन सक्यो । नेपाल र अमेरिकाको स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको हो । अमेरिकाका आन्द्रेस गाैसले सबैभन्दा धेरै ६२ रन बनाए । नेपालका करण केसीले ३, साेमपाल कामीले २ तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
यसअघि डालासमा टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायाे । नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाए । भुर्तेलले ५४ बल खेल्दै ६ छक्का र ७ चाैका प्रहार गरे । अमेरिकाका जसदीप सिंह र नाेस्थुश केन्जिगेले समान २ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्