२०८१ श्रावण १२
                           

नारी दिवस सिन्धुपाल्चोकमा बिभिन्न कार्यक्रम गरी मनाईयो,सागाँचोकमा एक महिने खोष्टाको सामग्री निमार्ण तालिम समापन

सिन्धुपाल्चोक ,२४ फागुन

सम्झना कार्की  – ११३ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सिन्धुपाल्चोकमा पनि बिभिन्न कार्यक्रम गरी मनाईएको छ । बुधबार नारी दिवस चौतारा सागाँचोकगढी नगरपालिका १० वडा महिला सञ्जालले भव्य रुपमा मनाएका छन् । वडा महिला सञ्जाल १० वडा अध्यक्ष मनमाया कार्कीको अध्यक्षतामा उतm कार्यक्रम गरिएको हो भने चौतारा सागाँचोकगढी नगर उपप्रमुख सिता थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उपप्रमुख तथा प्रमुख अतिथि सिता थापाले कार्यक्रमलाई सम्बोधन गदै महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न दिवसले सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो । सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार हुनुपर्ने उहाँको भनाई छ ।

सो कार्यक्रममा कानुनी साक्षरता चन्द्र बस्नेतद्धारा विभिन्न कानुनी सेवा सम्बन्धी जानकारी , घरेलु हिंसा सम्बन्धी र कानुनि महिला हिंसा सम्बन्धी जानकारी गराईएको थियो । दिवसको यस वर्षको नारा डिजिटल ः आविष्कार र प्रविधिमा लैंगिक समानता भन्ने नाराका साथ नारी दिवस मनाईदै छ । प्रविधिमा समानता नभएसम्म लैंगिक विभेद अन्त्य नहुने संयुक्त राष्ट्र संघले जनाएको छ । महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर दिवस मनाउने गरिन्छ ।

साथै नारी दिवसको अवसरमा सिन्धुपाल्चोकको सागाँचोकमा मकैको खोष्टाबाट बनाईने बिभिन्न प्रकारका सामाग्री उत्पादन गर्ने ३० दिने सिपमुलक तालिमको पनि आज मापन गरिएको छ । आर्थिक रुपमा पर निर्भरतामा रहँदै आएका महिला पछिल्लो क्रममा व्यवसायबाट आर्थिक रुपमा सशक्त बन्ने क्रममा देखिएका छन् ।

तलिमको समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख थापाले तालिमबाट प्राप्त सिपलाई उद्ममसगँ जोड्नु पर्ने बताउँनु भयो । तालिमका सहभागीहरुलाई आफुले केहि गर्छु भन्ने उत्साह देखेको बताउँदै उपमेयर थापाले भन्नुभयो ,‘यसले मलाई खुसीको अनुभुति दिलाएको छ । प्राप्त ज्ञान सिपबाट उद्ममी बन्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’आफ्नो खाली समय सदुपयोग गदै लगनशील भएर लाग्नु होला ।आगामी दिनमा आवश्यक परे थप तालिम पनि सञ्चालन गर्ने छौँ ,उहाँले भन्नु भयो । ’

साना सानो लगानीबाट पर्याप्त लगानी सहित उद्यमशिलतातर्फ उन्मुख हुन थालेको पाइन्छ । सिपमूलक तालिमले उनीहरुमा बढेको आत्मविश्वास, स्वरोजगारमा वृद्धि, र पुरुषकै दाँजोमा व्यवसायी बन्ने चाहाना पनि महिलामा बढ्दै गएको र सो तालिमको सञ्चालन गरिएको उपप्रमुख सिता थापाले बताउँनुभयो ।

 

मकैको खोस्टाको प्रयोगबाट बढी मात्रामा बिभिन्न सामग्री निर्माण हुँदै आएका छन् । जस्तै मकैको खोस्टाबाट चकटी, मोडा मात्रै तयार हुन्थे भने अहिले विभिन्न किसिमका फुल बुके पनि तयार हुन थालेका छन् । एउटै कच्चा पदार्थलाई विभिन्न साम्रगी निर्माणका लागि पनि प्रयोग गर्न सकिन्छ भन्ने नमूना हो यो ।

कार्यक्रममा वडा महिला सञ्जाल १० वडा अध्यक्ष मनमाया कार्की , चौतारा सागाँचोकगढी नगर उपप्रमुख सिता थापा अतिथिहरु न्यायीक परामर्श रामशरण अधिकारी ,अधिवतmा चन्द्र बस्नेत ,नगरमहिला सञ्जाल सदस्य कविता थापा र जनप्रतिनिधि १० नम्बर वडा कुमारी तामाङ लगाएतका व्यतिmत्वहरुको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्