२०८१ आश्विन २६
                           

चौतारा नगरपालिकाले गरे छड्के अनुगमन, म्याद गुज्रिएका सामग्री फेला

निर्मल बस्नेत-  चौतारा । चौतारा नगरपालिकाले गरेको छड्के अनुगमनमा म्याद गुज्रिएको सामाग्रीहरु फेला पारेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ को मूख्य बजारमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएको चाउचाउ, चकलेट, पेय पदार्थ र सुर्तीजन्य पदार्थ अनुगमन टोलीले फेला पारेका हुन् ।

फेला परेको सामानहरु जफत गरि नष्ट गरिएको अनुगमन समितिले जनाएको छ । बुधबार र बिहिबार चौतारा साँगाचोकगढी नगरपालिका बजार अनुगमन समितिले नगरपालिकाको वडा नम्बर ५ को खाद्यन्न, होटल, हार्डवयर, औषधी, डेरी र अन्य पसलहरूको छड्के अनुगमन गरेको हो ।

नगर बजार अनुगमन समितिको संयोजक दुर्गा ढुंगेलको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी प्रहरी कार्यालय, उद्योग तथा बाणिज्य कार्यालय, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, र नेपाल उपभोक्ता अधिकार मञ्चको संयुक्त टोलीले अनुगमन गरेको थियोे । उक्त अनुगमन टोलीले बिभिन्न प्रकृतिका ७० भन्दा माथिको पसलहरु अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा फेला पारिएको म्याद गुज्रिएको सामग्रीहरु स्थानीयले देख्नेगरि नष्ट गरिएको र केही सामग्रीहरु जफत गरिएको अनुगमन समितका संयोजक दुर्गा ढुंगेलले जानकारी दिए ।उनका अनुसार स्थानीय उपभोक्ताले नगरपालिकामा गुनासा गरेपछि अनुगमनलाई अगाडी बढाइएको हो ।ढुंगेलले नेपालीहरुको बिशेष पर्व दशै र तिहारमा बढी सामग्रीहरु खपत हुने हुँदा अखाद्य बस्तु र म्याद गुज्रिएका बस्तुहरु बिक्रि वितरण नहोस् भन्ने हेतुले समेत अनुगमन गरिएको बताए ।

अनुगमनको क्रममा अनुगमन समितिका सदस्य उद्योग तथा बाणिज्य कार्यालयका प्रशिक्षक प्रविण बस्नेतले पसलमा देख्ने गरी मूल्य सूची राख्न, साइनबोर्ड राख्न, व्यवसायको दर्ता÷ नविकरण गर्न, मदिरा व्यवसायीलाई ईजाजत लिएर मात्र व्यवसाय गर्न र व्यवसाय क्षेत्र वरपर सरसफाई गर्न निर्देशन गरिएको बताए । नगर बजार अनुगमन समिति संयोजक ढुंगेलले नगरको सबै बजार क्षेत्रमा अनुगमनलाई प्रभावकारी रुपले नियमित गरिने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्