२०८१ आश्विन २६
                           

जुगल मा भएको निशुल्क दन्त शिविरमा ७ सय ८५ जनाले सेवा लिए

जुगल गाउँपालिकामा भएको निशुल्क दन्त शिविरमा ७ सय ८५ जनाले सेवा लिएका छन् । जसमध्य महिला ४ सय ५८ र पुरुष ३ सय २७ जना थिए । महिला शशक्तिकरण तथा बालबालिका उत्थान समाजको आयोजनामा शिबिर भएको हो ।

पहिलो दिन असोज ७ गते विहान ८ देखि साँझ ५ बजे सम्म गाउँपालिकाको कार्यालय चनौटेमा र दोस्रो दिन असोज ८ गते सोही समयमा नवज्योति आ.वि कात्तिके बजारमा शिविर सन्चालन गरिएको थियो ।

स्थानिय बासीको सेवा गर्ने उदेश्यले स्थापना भएको संस्थाले अहिले दन्त शिविर आयोजना गरेको र आगामी दिनमा थप समाजिक कार्य गर्दै जाने संस्थाकी अध्यक्ष सरोजा श्रेष्ठले बताइन् । साथै शिविर सम्पन्न गर्न साथ सहयोग गर्नेहरूप्रति धन्यवाद ब्यक्त गरिन ।


दन्त शिविरमा बालबालिका, किशोर किशोरी, वयस्क तथा ज्येष्ठ नागरिकको बाक्लो उपस्थिति रहेको थियो । दन्त शिविरमा प्रेसर, सुगर जाँच , दाँत सफा गर्ने, दाँत निकाल्ने र दाँत सम्बन्धि डेन्टीसले परामर्श दिएका थिए । निशुल्क सेवा पाएपछि स्थानिय खुशी भएका छन् । ऊँ समाज डेन्टल हस्पिटलको सहकार्यमा दन्त शिविर भएको हो ।

प्रतिक्रिया दिनुहोस्