२०८१ आश्विन २६
                           

शसक्तिकरण संगै स्वरोजगार बनाउन सप्रोस नेपालको तालिम

निर्मल बस्नेत ,चौतारा। सामाजिक क्षेत्रमा दुई दशक भन्दा बढी सेवा गर्दै आएको गैरसरकारी संस्था सप्रोस नेपालले बिभिन्न गतिबिधिहरु सञ्चालन गर्दै आएको छ । सोहि सिलसिलामा सिन्धुपाल्चोक जिल्लाका २२ जना व्यक्तिहरुको सहभागितामा ३ दिने तालिम क्षमता अभिबृद्धि अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । तालिममा सहभागिहरुलाइ स्थानीय रुपमा अपाङ्गता अधिकारको क्षेत्रमा बहस पैरबी गर्न सक्ने र परर्निभर्ताको सोचवाट मुक्त भई स्वरोजगार बन्न सक्ने बनाएको सप्रोसले जनाएको छ ।
बुधबारबाट सञ्चालन गरिएको तालिम अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरुको सहभागितामा गरिएको हो ।

अष्ट्रेलियन एडको फ्रन्टमा सिबिएम ग्लोबलको आर्थिक सहयोगमा सप्रोस नेपालले अपाङ्गता भएका व्यक्तिहरुका लागि मर्यादित जिविकोपार्जन – सशक्तिकरण कार्यक्रम ( समानता) परियोजाना अन्तरगत उक्त तालिम सञ्चालन गरिएको परियोजना व्यवस्थापक महेश्वर ढकालले जानकारी दिए । परियोजना सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका र बलेफी गाउँपालिकामा सञ्चालन भईरहेको उनले बताए ।

चौतारा स्थित अरनिको रिसोर्टमा भएको तालिममा अपाङ्गता भएका व्यक्तिहरुको समूहमा आवद्ध अपाङ्गता भएका महिलाहरुका लगि सञ्चालित तालिम लक्ष्यअनुरुप नै सम्पन्न भएको परियोजनाका व्यवस्थापक ढकालले जानकारी दिए ।

तालिममा अपाङ्गता क्षेत्रमा पैरबी गरिहेका अभियान्ताहरु दिपक अर्याल, बलराम शाह, सुशीला श्रेष्ठ र धन बहादुर तामाङले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि ऐन २०७४, स्थानीय सरकार सञ्चालन ऐन २०७४, पहुँचयुक्तता, समाबेशी जिविकोपार्ज, समाबेशी शिक्षा, समुदायमा आधारित समाबेशी बिकास लगायत अन्य राज्यले प्रदान गरेको कानुनी व्यवस्थाहरुको बारेमा अभिमुखीकरण गरिएको बताए ।

उक्त कार्यक्रमकै बिच चौतारा सँगाचोकगढी नगरपालिका उपप्रमुख सीता थापाले चौतारा नगरबाट प्रदान गर्दै आईरहेको सेवा सुबिधा र अधिकारको बिषयमा परियोजना लक्षित सवालहरुमा सहभागिहरुसंग अन्तरक्रिया गरेकी थिईन् ।

तालिम कै बिच भारतबाट सोही परियोजनाको अवस्थाबारे अध्ययन गर्न आएका प्रतिनिधीहरुले समेत आफ्ना अनुभवहरु आदनप्रदान गरेका थिए । तालिममा सप्रोसका दुवै पालिकाका कर्मचारीहरुले तालिम व्यवस्थापनमा खटीएका थिए ।

परियोजानाका पैरबीकर्ता सुजन पराजुलीले अपाङ्गता भएको व्यक्तिहरुको हकहितमा निर्मीत कानुन र अधिकारको जगमा रहेर राज्य र दाताहरुले उपलव्ध गराउने सेवासुबिधा तथा कार्यक्रहरुको प्रभावकारीता बढाउन तालिमले टेवा पुर्याउने बताए ।

उनिहरुले सरकारसमक्ष आफ्नो मर्यादित जिवनयापन गर्नका लागि सहज वातावरणको सिर्जना गर्न बहस पैरबी गर्ने र समाजको सवै पक्षहरुमा हुने अवसरमा समान सहभागिता र उचित वातावरण सिर्जना गर्न केन्द्रित गर्ने जस्ता धेरै बिषयबस्तुहरुमा ज्ञान आर्जन गर्न सकुन् भन्ने अभिप्रायले तालिम गरिएको बताए ।

परियोजना व्यवस्थापक ढकालले सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका र हेलम्बु गाउँपालिकामा यसभन्दा अगावै परियोजना प्रभावकारी रुपमा सम्पन्न गरिएको बताए । “जसमा स्थानीय ऐन निर्माण गर्न र लक्षित बर्गको लागि बजेट बिनियोजन गर्नुकासाथै कार्यन्वयनको पक्षमा परियोजनाले सघाएका छौँ” उनले भने । सप्रोसले समानता परियोजनामा स्थानीय सरकारसंग सहकार्य गरि जिबिकोपार्जनका कार्यक्रमहरुमा आर्थिक तथा प्राबिधिक सहयोग गर्दै आईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्