३१ भाद्रा,सिन्धुपाल्चोक ।पहिलाे पटक प्रतिस्पर्धाबाट प्रधानाध्यापक नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट नमुना विद्यालय घाेषित भाेटेकाेसी गाउँपालिकास्थित झिर्पु माध्यमिक विद्यालयले प्रधानध्यापक नियुक्तिको लागि विज्ञापन प्रकाशन गरेकाे छ ।
प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने याे निर्णय सिन्धुपाल्चोकमा पहिलाे पटक हाे । नमूना हाेस् वा अन्य जुनसुकै विद्यालयमा पनि प्रअको नियुक्ति कि त राजनीतिक प्रभाव कि त नियमविपरीत आन्तरिक समझदारीमा गरिन्छ । अहिले पनि जिल्लाभर प्रअ नियुक्तिमा कुनै निश्चित नियम पालना गरिँदैन ।
नमूना विद्यालय विकास कार्यविधि २०७४ अनुसार पाँच वर्षकाे लागि प्रअ नियुक्ति गर्दा सरकारले ताेकेकाे मापदण्ड पूरा गरेर खुला प्रतिस्पर्धामा गरिनुपर्ने व्यवस्था छ । चीनको सीमानामा रहेकाे झिर्पु माविमा चिनियाँ भाषाका कक्षा सञ्चालनमा छन् । यहाँको शैक्षिक व्यवस्थापन अरुकाे भन्दा फरक छ ।
नमूना विद्यालय विकास कार्यविधि अनुसार पाँच वर्षे करारमा प्रअ नियुक्ति गर्दा खुला प्रतिस्पर्धा, माध्यमिक तहमा कम्तीमा पाँच वर्ष शिक्षण गरेकाे अनुभवी स्थायी शिक्षक, उच्च नेतृत्व क्षमता भएको , सूचना प्रविधिकाे प्रयाेगबारे ज्ञान भएको , विद्यालय विकास प्रस्ताव तथा वैयक्तिक विवरण सम्बन्धि अनुसुची ७ बमाेजिम मुल्यांकनमा ७० अंक ल्याएका मध्येबाट उत्कृष्ट अंक ल्याउने मापदण्ड समावेश छन् । प्रतिस्पर्धामा सफल भएपछि पाँच वर्षे करार नियुक्ति लिँदा प्रअले विद्यालय विकास प्रस्ताव प्रस्तुत गर्नुपर्छ । करार गरेका प्रअले बीचमा सेवा छाेड्न पाइँदैन ।
धेरै मिहिनेत गरेपछि सरकारले नमूना विद्यालयमा छनाेट गर्याे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आङ्छिरी शेर्पाले भने,सरकारी नियमानुसार प्रतिस्पर्धात्मक विधिबाट आएको शैक्षिक नेतृत्वले गुणस्तरीय शिक्षा प्रदान गर्नसक्छ भन्ने मेराे विश्वास छ । शैक्षिक केन्द्रमा कुनैपनि राजनीति घुस्न नदिने प्रण गर्दै शेर्पाले शैक्षिक गुणस्तर अब्बल बनाउने व्यक्ति नै अबकाे प्रधानाध्यापक बन्ने विश्वास व्यक्त गरे ।
विद्यालयले हप्ता दिनकाे अवधि राखेर खुला प्रतिस्पर्धा गराउन प्रअ विज्ञान प्रकाशित गरिसकेको छ । शेर्पाले नेतृत्व लिएसँगै झिर्पु माविकाे रुप र सार दुवैमा परिवर्तन आएको अभिभावकले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्