२०८१ श्रावण १२
                           

सुनकोशी नदीमा विपत् उद्धार प्रदर्शन

बाढी, पहिरोमा परेर फसेका तथा डुबेकाहरुलाई उद्धार गरिने तरिकाको प्रदर्शन भएको छ । जिल्ला विपत् ब्यवस्थापन समितिले शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका १० सुकुटे स्थित सुनकोशी नदीमा आयोजना गरेको कृतिम घटना अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विपत्मा उद्धार प्रदर्शन गरेका हुन् ।


मनसुनजन्य विपत्को हिसावले ग्रस्त जिल्लाको रुपमा रहेको सिन्धुपाल्चोकमा मनसुनको सुरुवात पूर्व पूर्वभ्यास गरिएको हो । सुनकोशी नदीमा एक्कासी बाढी आई खेतमा काम गरिरहेका दुई जना कृषकलाई बगाएको, स्थानीयले प्रहरीलाई खवर गरेको र प्रहरी तथा उद्धार टोलीले उद्धार गरिएको घटना अभ्यास भएको हो । साथै पहिरोमा फसेका तथा डुङ्गा पल्टिएर नदीमा फसेकाहरुको उद्धारको पनि सफल उद्धार गरिएको अभ्यास भएको छ ।
सिन्धु पर्यटन ब्यवसायी संघको सहयोग, जिल्ला विपत् ब्यवस्थापन समितिको आयोजना र तीनै वटा सुरक्षा संयन्त्रको सहकार्यमा भएको अभ्यासमा नेपाल रेडक्रस सोसाईटी, स्वास्थय कार्यालय र चौतारा नगरपालिका स्वास्थ्य शाखाले अभ्यासको क्रममा उद्धार गरिएका घाईतेहरुलाई प्राथमिक उपचार तथा अस्पताल सम्म पु¥याउने अभ्यासमा सक्रिय देखिएका थिए ।


विपत्ग्रस्त जिल्लाको रुपमा रहेको सिन्धुपाल्चोकमा मनसुनको सुरुवात पूर्व नै पूर्ण रुपमा पूर्व तयारीका काम भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ बताउनुहुन्छ । विपत् पूर्वानुमा तथा प्रतिकार्य योजनामा जिल्ला विपत् ब्यवस्थापन समितिले चरणवद्ध कार्य गरिरहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारि दिनुभयो । कृतिम घटना अभ्यास कार्यक्रममा विपत्मा सही सूचना प्रदान गर्न, विपत् निम्तने विकासका काम रोक्न पर्ने नेपाल पत्रकार महासंघका सचिव विदुर आचार्यले धारणा राख्नुभयो । साथै स्थानीय विपत् ब्यवस्थापनलाई थप प्रभावकारी वनाई स्थानीय आपतकालिन संचालन केन्द्र संचालनमा जोड दिन उहाँको आग्रह थियो । कार्यक्रममा विकासको मापदण्ड अवलम्वन तथा अनुगमनमा जोड दिने जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्