२०८१ आश्विन २
                           

सरकारले सर्वसाधारणका लागि छिटै धरहरा खुला गर्ने

५ भदौ ,काठमाण्डाै – उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले सर्वसाधारणका लागि छिटै धरहरा खुला गर्ने बताएका छन । आज मन्त्रालयमा पूर्वाधार पत्रकारहरूसँगको छलफलमा उपप्रधानमन्त्री सिंहले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने जानकारी दिए ।

यस्तै उनले संसद्कै पहिलो र दोस्रो ठूलो राजनीतिक दल मिलेर सरकार बनेकाले नयाँ शहरहरूलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने बताए ।

 

प्रतिक्रिया दिनुहोस्