३२ श्रावण,काठमाण्डौ – वाणिज्य बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भोलि भदौ १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदरको सूचना प्रकाशित गरेका छन् । भदौ महिनामा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ६ दशमलव ४९ प्रतिशतविन्दु रहेको छ ।
यो साउन महिनाको तुलनामा शून्य दशमलव २३ प्रतिशतविन्दु कम हो । साउन महिनामा बैंकहरुको यस्तो ब्याजदर ६ दशमलव ७२ प्रतिशतविन्दु थियो । त्यस्तै संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा शून्य दशमलव २४ प्रतिशतविन्दु घटेको छ ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये सिटिजन्स र प्राइमले मात्र ब्याजदर बढाएका छन् । ग्लोबल आईएमई, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल र स्ट्यान्डर्डले ब्याजदर यथावत् राखेका छन् भने अरु १२ बैंकले ब्याजदर घटाएका छन् ।
निक्षेपमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया र एनएमबी बैंकले ७ दशमलव ४१ प्रतिशत दिने भएका छन् । यी बैंकले साउनको तुलनामा ब्याजदर शून्य दशमलव १२ प्रतिशत विन्दुले घटाएका छन् । हिमालयन, नबिल, माछापुच्छ्रे र स्ट्यान्डर्ड चार्टर्ड बैंकले निक्षेपमा ७ प्रतिशत ब्याज दिने भएका छन् ।
यस्तै नेपाल बैंकले मुद्दती निक्षेपमा सबैभन्दा कम ५ दशमलव २५ प्रतिशत ब्याज दिने भएको छ । सानिमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ४ दशमलव ९० प्रतिशत र व्यक्तिगततर्फ ६ दशमलव २० प्रतिशत ब्याजदर कायम गरेको छ ।
ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ दशमलव २५ प्रतिशत र संस्थागतर्फ ५ दशमलव २५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।
| बैंक | साउनको ब्याजदर | भदौको ब्याजदर |
| कृषि विकास | ६.२९ | ६.०६५ |
| राष्ट्रिय वाणिज्य | ६.२१ | ६.०७ |
| नेपाल एसबीआई | ६.३ | ६.२५ |
| लक्ष्मी सनराइज | ६.५ | ६.५ |
| ग्लोबल आईएमई | ६.२५ | ६.२५ |
| कुमारी | ६.७१ | ६.७१ |
| प्राइम | ६.५ | ६.७५ |
| नेपाल | ६.२५ | ५.२५ |
| सानिमा | ६.४ | ६.२ |
| सिटिजन्स | ६.७५ | ६.७५ |
| नबिल | ७ | ७ |
| इन्भेस्टमेन्ट मेगा | ७ | ६.५ |
| सिद्धार्थ | ६.७५ | ६.५ |
| स्टान्डर्ड चार्टर्ड | ७ | ७ |
| माछापुच्छ्रे | ७ | ७ |
| प्रभु | ७ | ६.१ |
| एनएमबी | ७.५३ | ७.४१ |
| एनआईसी एसिया | ७.५३ | ७.४१ |
| हिमालयन | ७.५ | ७ |
| एभरेस्ट | ६.३ | ६.१ |
प्रतिक्रिया दिनुहोस्