२०८१ जेष्ठ ५

लिसंखुपाखरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चौतारा ,२३ माघ
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । सोमबार बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले खेलको उद्घघाट्न गर्नुभएको हो ।

सो खेलको उद्घघाट्न कार्यक्रममा बोल्दै पौडेलले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउँनुभयो । उहाँले खेल क्षेत्रलाई अघि बढाउन आफू हदैसम्म लागि पर्ने प्रतिबद्धता समेत जनाउँनुभयो ।

यस्तै लिसंखुपाखर गा.पा. अध्यक्ष राजु लामाले आफुले बिधालय तथा अन्य खेलकुद बिकासको लागि सदैभ लागि पर्ने बताउँनुभयो । प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। सोमबार बाट सुरु भएको खेल २५ गते समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्