२०८१ आश्विन २
                           

व्यक्तिगत खर्चमा विद्यार्थीलाई टेन सेट्स वितरण

रामकृष्ण थापा – गरिबीकाे पीडा भाेगेर स्नातकाेत्तर पूरा गरेका स्थानीय युवा ईश्वर गुभाजूले व्यक्तिगत खर्चमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई टेन सेट्स वितरण गरेका छन् । एसईई परीक्षामा उपयोगी हुने टेन सेट्स वितरण गरेका गुभाजु माओवादी केन्द्रका जुगल गाउँपालिका समितिका अध्यक्ष हुन् ।

गाउँपालिका भित्र रहेका १० माध्यमिक विद्यालयका तीन सय विद्यार्थीलाई टेन सेट्स वितरण गरेकाे गुभाजुले बताए । हिमाली बस्तीमा रहेका विद्यालयमा पुगी तीन दिनकाे समय खर्चेर विद्यार्थीलाई साे सामग्री दिएका हुन् ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिवसमेत रहेका गुभाजुले दुई लाख ४० हजार खर्च गरेर शैक्षिक सामग्री दिएका हुन् । सानाे छँदा कापीकलम हुँदैनथ्यो । गरिबीकाे कारण किताब किन्न मुश्किलभयाे ।

त्यही पीडालाई बाेध गरेर दश कक्षामा पढ्ने भाइबहिनीलाई एसइइमा उपगाेगी बनाेस् भनेर टेन सेट्स दिएको हुँ “उनले भने । यसअघि पनि उनले जुगलका विद्यालयमा शैक्षिक सामग्री सहयाेग गरेका थिए । टेन सेट्स पाएपछि जुगलका विद्यार्थी खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्