२०८१ माघ २४
                           

सौर्यको जहाज दुर्घटनामा मृत्यु भएकाको पोष्टमार्टम जारी 

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम जारी छ । सबैको पोष्टमार्टम सकेपछि मात्रै परिवार र आफन्तलाई शव जिम्मा लगाइने पोष्टमार्टममा संलग्न चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा गएरातिदेखि नै शवको पोष्टमार्टम सुरु गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार एउटा शव पोष्टमार्टम गर्न कम्तिमा चार घण्टा लाग्नेछ । जसकाकारण १८ वटा शव पोष्टमार्टम गर्न भोलिसम्म लाग्ने छ ।

त्यपछि मात्रै आफन्तलाई शव बुझाउन सकिने उनले बताए । त्यतिन्जेल शवलाई फ्रिजमा सुरक्षित राखिने उनको भनाइ छ । हिजो बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाज ११ बजेर ११ मिनेटमा दुर्घटना भएको थियो । जहाजमा सवार १९ जनामध्ये क्याप्टेन मनिषरत्न शाक्य मात्र बाच्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्