२०८१ पुष २९
                           

यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अन्तरक्रिया

२६ असार, सिन्धुपाल्चोक । संघिय विशेष अनुदान कार्यक्रम, स्थानिय सरकारसंग छात्रछात्रा ,स्थानिय तहका प्रमुख र उपप्रमुख तथा कार्यपालिका सदस्यसँग यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अन्तरक्रिया गरिएको छ । जनस्वास्थ्य कार्यलय सिन्धुपाल्चोकको आयोजनामा स्थानिय तहका उपाध्यक्ष, विद्यालय शिक्षक, विद्यार्थी लगायत सरोकारवालासंग अन्तरक्रिया गरिएको हो ।
संघिय कार्यक्रम अन्तरगत किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधार आयोजना, मात्रृ तथा बाल पोषण प्रवर्धन आयोजना, प्रजनन स्वास्थ्यका तत्वहरु लगायतका कार्यक्रमहरु जिल्लाका विभिन्न विद्यालयमा तथा गाउँमा लागु गरिएको छ ।

जिल्ला भित्रका गाउँपालिका क्षेत्रमा रहेका विद्यालयका किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारका लागी आयोजनाको विभिन्न उदेश्य रहेको जनस्वास्थ्य कार्यालयले बताएको छ । यस आयोजनाले विद्यालय नर्स मार्फत विद्यालयका छात्रछात्रालाई आवश्यकता अनुसार मनोपरामर्श दिने, उनिहरुलाई गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सुचना र परामर्श सेवाको पहुँचमा पुर्याउने, परिवारलाई यसबारेमा जानकारी दिने, महिनावारी स्वास्थ्य सेवा र सरसफाई सम्बन्धी गलत धारणालाई निरुत्साहित गर्ने उदेश्य राखेर काम गरीरहेको जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईंले बताइन ।

यौन तथा प्रजनन स्वास्थ्य हरेक मानिसको स्वस्थताको एउटा प्रमुख सूचक हो। मानिसको प्रजनन प्रणाली र यसले गर्ने कार्यहरु स्वस्थ ढंगले नियमित रुपमा सुचारु भई सुरक्षित तथा सन्तुष्ट यौन जीवन यापन गर्न र आफूले चाहेको समयमा आवश्यकता अनुसार स्वतन्त्र ढंगले सन्तान उत्पादन गर्न योग्य हुनु प्रजनन स्वास्थ्यको प्रमुख ध्येय रहेको समेत बजगाईको भनाई थियो । कार्यक्रम जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्