२०८१ श्रावण १२
                           

तेक्वान्दो प्रतियोगितामा सोफिया र कुशल उत्कृष्ट

चौतारा, चौतारा साँगाचोकगढी नगरपालिका ५ छाप कभर्डहलमा तेस्रो हिराहरि तेक्वान्दो अन्तर क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता महिलातर्फ सोफिया र पुरुषमा कुशल ढुंगाना उत्कृष्ट खेलाडी भएको छ । उत्कृष्ट भए सङै ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

एक दिने तेक्वान्दो प्रतियोगिताको उद्घाटन समारोहमा सभाध्यक्ष चौतारा साँगाचोकगढी नगरपालिका ५ का वडा अध्यक्ष शिव श्रेष्ठ , प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका उपमेयर सीता थापा , विशेष अतिथी, जुगल बोर्डिङका सन्चालक तथा प्रधानध्यापक ओम प्रकाश उप्रेती तथा अभिभावकहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतियोयोगिताको क्योरुगि विधातर्फ पुरुष १७ देखि २१ के. जिमा सुजल तामाङले स्वर्ण , सुबिन के सि ले रजत पदक जित्न सफल भएको छ । पुरुष २२ देखि २५ के. जि.मा रोशन कपालीले स्वर्ण प्रबिन लोप्चनले रजत र पुजन ढुंगानाले कास्य, २६ देखि २९ के. जि. मा कुशल ढुंगानाले स्वर्ण पदका साथै उत्कृष्ट पुरुष खेलाडीको ट्रफि र प्रमाणपत्र जित्न सफल भएको छ ।

सोही तौल समुहमा शिभाशु श्रेष्ठले रजत र द्वय प्रिन्स थापा मगर र सन्दीप तामाङले कास्य, पुरुष ३० देखी ३२ के. जो.मा सचिन तामाङले स्वर्ण , राजिब ढुंगानाले रजत , रेहान श्रेष्ठ र उत्सब भारतीले कास्य, पुरुष ३३ देखि ३६ के. जि.मा सुशान्त कसजुले स्वर्ण , सुशील सौगात खड्काले रजत र अनमोल कार्कीले र सन्तोष तामाङले कास्य पुरुष ४१ देखि ४४ के. जि.मा बिनय हिमालयनले स्वर्ण , लाक्पा तामाङले रजत र साजन घले र सुदिन तामाङले कास्य, पुरुष ४५ देखि ४८ के. जि. मा दिपक तामाङले स्वर्ण , सुशान्त श्रेष्ठले रजत कर्मा तामाङले कास्य पुरुष ५१ देखि ५४ के. जि. मा. निरज तामाङले स्वर्ण पदक जित्न सफल भएको छ ।


तेस्तै गरि महिला २० देखि २३ के. जि. मा रेगिना गुरुङले स्वर्ण, सुम्निका श्रेष्ठले रजत, २८ देखि ३१ के. जि. मा समृद्धि खड्काले स्वर्ण, ३४ देखि ३८ के. जि. मा सलिना चुहानले स्वर्ण, जनम थापाले रजत र आर्जु श्रेष्ठले कास्य , ३९ देखि ४१ के. जि. आयुशी श्रेष्ठले स्वर्ण , सदिना खत्रीले रजत, ४२ देखि ४५ के .जि. मा राफिका ढुंगेलले स्वर्ण, सुनिधी कक्षापतिले रजत, सोफिया श्रेष्ठ स्वर्ण पदकका साथै उत्कृष्ट महिला खेलाडीको ट्रफि उचाल्न सफल भएको छ सोही तौल समुहमा अमिशा तामाङले रजत पदक जित्न सफल भएको छ ।

पुरुष पुम्से विधा तर्फ सेतो पेटी देखि हरियो पेटीमा राजिव ढुङ्गानाले स्वर्ण, दिपक तामाङले रजत र एडृिन तामाङ र रास्वत ढुंगानाले कास्य, हरियो निलो देखि रातो पेटीमा रेहान श्रेष्ठले स्वर्ण , प्रबेश नेपालले रजत, र सुदिन तामाङ र आर्यन श्रेष्ठले कास्य, रातो देखि कालो पेटीमा कुशल ढुंगानाले स्वर्ण , लाक्पा तामाङले रजत, अनमोल कार्की र शिभान्शु श्रेष्ठले कास्य पदक जित्न सफल भएको छ ।


  1. तेस्तै गरि महिला पुम्से विधा तर्फ पहेलो देखि हरियो पेटीमा जनम थापाले स्वर्ण , पुर्णिामा तामाङले रजत, समृद्धि खड्का र सजिना तामाङले कास्य, हरियो देखि निलो पेटीमा सलिना चुहानले स्वर्ण , आर्जु श्रेष्ठ रजत, सुनिधी कक्षापति र सदिना खत्री कास्य, रातो कालो देखि कालो पेटीमा आयुशीले स्वर्ण , सोफिया श्रेष्ठले रजत पदक जित्न सफल भएको छ ।

प्रतियोगितामा जुरिको भुमिकामा तातोपानी तेक्वान्दो डोजाङ्गका प्रमुख तथा भोटेकोसी गाउँपालिकाका खेलकुद प्रशिक्षक अजय गुरुङ रहेको थियो। तेस्तै गरि अन्य निर्णायकहरुमा सुदिप तामाङ, प्रदीप तामाङ, मेनुका श्रेष्ठ, अन्जन पुरि, आयन श्रेष्ठ, बिजय तामाङ निशान ढुंगाना थियो ।

कार्यक्रममा विजेता खेलाडीहरुलाइ सभाध्यक्ष , शिव श्रेष्ठ , प्रमुख अतिथि सीता थापा, अतिथिहरु ओमप्रकाश उप्रेती निर्णायक , तथा अभिभावकबाट मेडल, प्रमाणपत्र र ट्रफि बितरण गरिएको थियो । उद्घाटन समारोह तथा समापन समारोह हिराहरी तेक्वान्दो डोजाङका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले सन्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्