२०८१ श्रावण १२
                           

यसबर्ष विगतको भन्दा ५ गुणाले आलुको उत्पादन वृद्धि

भदौ ६, पाँचपोखरी थाङपाल गाउँपालिकामा यसबर्ष विगतको भन्दा ५ गुणाले आलुको उत्पादन बढेको छ । यस वर्ष समयमै मनसुन शुरु भएको हुँदा पहिलेको भन्दा करिव ५ गुणाले स्थानीय आलुको उत्पादन बढेको अनुमान गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिनुभयो । गाउँपालिकाले स्थानीय आलु उत्पादनलाई प्रोत्साहनका लागि आर्थिक तथा प्राबिधिक तवरले सक्दो सहयोग गरेको गिरीले बताउनुभयो । गाउँपालिकाको सहयोगले पनि आलुखेति गर्न प्रोत्साहन मिलेको गुन्साका आलु उत्पादक किषान पाषाङ लामाले बताउनुभयो ।

उहाँले पहिला आलुमा के रोग लागेको थाहा हुँदैन थियो तर अहिले सामान्य समस्या हुँदा समेत प्राविधिक सल्लाह पाइन्छ यसले गर्दा अझै खेति गर्न हौषला मिलेको उहाँको भनाई छ । ३५ रोपनी जमिनमा खेती गरेका लामाले १० हजार देखि १५ हजार किलो सम्म आलु उत्पादन हुने अनुमान गरेको बताउनुभयो ।

प्रदेशले दिने कृषि अनुदान जसले कृषि गर्दैनन् उनिहरुले पाएको र कागजमा खेती गरेकोको आधारमा अनुदान बितरण गरेको भन्दै प्रदेश सरकारको अनुदान वितरण प्रक्रियाप्रति समेत लामाले असन्तुष्टि जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्