१३ असार । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर -५ आधारभुत स्वास्थ्य सेवा केन्द्रमा आज महिलाहरुकाे लागि प्रजनन स्वास्थ्य सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर सप्पन्न भएको छ । सो शिविरमा ३ सय १३ जनाले सेवा लिएका छन्।
यस्तै अघिल्लो दिन बुधबार वडा नम्बर १० स्थित जल्केनी स्वास्थ्य चाैकीमा पनि महिलाहरूको लागि प्रजनन स्वास्थ्य सम्बन्धि निशुल्क स्वास्थ्य शिविर भएको थियो । त्यहा १६३ जनाले स्वास्थ्य परिक्षण गरेका थिए ।
दुई दिन फरक ठाउँमा भएको शिबिरमा जम्मा ४ सय ७६ जनाले सेवा लिएका छ्न । जसमध्ये VIA गरेकाे -३४५ जना, VIA positive भएका -२७ जना, पाठेघरकाे संक्रमण भएका-१६१ जना
,Ring pessary राखेकाे -१३ जना, पाठेघरकाे अप्रेशन गर्नु पर्ने-११ जना रहेको चौतारा साँगाचोक गढि नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिब पुरीले बताए ।
सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा शिबिर सन्चालन भएको हो ।
प्रतिक्रिया दिनुहोस्