२०८१ श्रावण १२
                           

रग्बि संघ बागमतीको अध्यक्षमा विनु खड्का

२९ जेठ  ।रग्बि संघ बागमतीको अध्यक्षमा विनु खड्का चयन भएकी छन् । मंगलबार संघको प्रथम बार्षिक तथा बिशेष साधारण सभाले खड्कालाई अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै साधारणसभाले ९ सदस्यिय कमिटी चयन गरेको छ । उपाध्यक्षमम क्षितिज गुरुङ र ललितकुमार घलान, सचिवमा अनन्त प्रकाश श्रेष्ठलाई चयन गरेको छ ।

सह सचिवमा कृष्ण कार्की, कोषाध्यक्षमा विमल अचार्य चयन भएका छन् ।

सदस्यहरुमा राम गौतम दिनेश कार्की र पञ्चा माया श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै सल्लाहकार समितिमा देवराज बस्नेतको संयोजनमा ५ सदस्यिय कमिटी चयन गरेको छ

प्रदेश खेलकुद विकास परिषदका सदस्य हिक्मत थपलियाको प्रमुख आतिथ्यमा र नेपाल रग्बि संघका उपाध्यक्ष शशि लामाको विशेष आतिथ्यमा कार्यक्रम भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्