२०८१ श्रावण १२
                           

यात्रुवहाक बस दुर्घटना, तीनको घटनास्थलमै मृत्यु

सुकुटे- शैलुङ्गेश्वरी यातायातको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस भर्खरै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दोलखाको मागा देउरालीबाट काठमाण्डौ गइरहेको यात्रुबाहक बस चौतारा साँगाचोकगढी नगरपालिका– १० सुकुटेबीच नजिकै मगरघाट धारोमा यात्रुबस दुर्घटना भएको हो । स्थानीयको अनुसार दुर्घटनास्थलबाट तीन जनाको लाश निकालिएको छ । अहिलेसम्म १ बालकको उद्दार गरिएको स्थानीयले बताएका छन् । सुकुटे वरपर रहेका रिसोर्टको डुङ्गाबाट घाईतेहरुको उद्दार गरिरहेको स्थानीय कृष्ण सापकोटा जानकारी दिए ।

बस पूरै सुनकोशी नदीमा डुवेको कारण कति यात्रु थिए भन्ने एकिन हुन सकेको छैन । प्रहरी उद्दारको लागि घटनास्थल गईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्