२०८१ श्रावण १२
                           

पत्रकार महासंघको चुनाव स¥यो

२५ जेठ । नेपाल पत्रकार महासंघको चुनाव सरेको छ । २७ औं महाधिवेशनले आजका लागि तय गरेको चुनाव असार महिनाका लागि सारिएको हो । मतदाता नामावलीमा देखिएको विवादका कारण चुनावको मिति सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । उनका अनुसार विवाद समाधानको प्रयास जारी भएकोले अध्यक्ष मण्डलसँगको परामर्शमा मतदानको मिति सारिएको हो ।

असार दोस्रो साताभित्र मतदान गर्ने उल्लेख भए पनि नयाँ मिति भने तोकिएको छैन । साथै, निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एशोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन पोखरेलले आग्रह गर्नुभएको गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्