२०८१ श्रावण १२
                           

अखिल क्रान्तिकारीद्वारा आयोजित वक्तृत्वकलामा सेलाङ माविको रोशन प्रथम

अखिल (क्रान्तिकारी)द्वारा आयोजित माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा सेलाङ माविको रोशन तामाङ प्रथ

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी )द्वारा “ जुगलको अभियान प्रतिभा पहिचान” कार्यक्रम अन्तरगत माध्यमिक तह स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन भएकाे छ।

उक्त कार्यक्रम क्रान्तिकारीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

१६ जना प्रतिस्पर्धी विद्यार्थी सहभागी कार्यक्रममा श्री सेलाङ माध्यमिक विद्यालयको रोशन तामाङ् प्रथम हुन सफल भएको छ ।

यस्तै प्रतियोगितामा श्री जल देवी माध्यमिक विद्यालयका सुनिता तामाङ द्वितीय र भिमसेन माध्यमिक विद्यालयका पुष्प लामा तृतिय र काली देवि माध्यमिक विद्यालय का सरिता वि.क. चौथो स्थान हासिल गर्न सफल भएको थियो ।प्रथम, द्वितीय तथा तृतीय र चौथो हुने प्रतियोगीलाई प्रमाण पत्र, पुरस्कार प्रदान गरिएको थियो ।८ वटा माध्यामिक विद्यालयहरू सहभागिता रहेको थियो ।

सो अवसरमा जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङबोले विद्यार्थीहरुलाई बाह्रय ज्ञान आर्जनका लागि यस्तो खालको कार्यक्रम उपलब्धिमुलक रहने बताए ।
पाठ्यक्रममा आधारित शिक्षाले मात्र विद्यार्थीहरुको क्षमताको विकास नहुने भन्दै उनीहरुको बौद्धिक तथा मानसिक विकासका लागि आगामी दिनमा पनि ज्ञानवद्र्धक कार्यक्रम गर्न गाउँपालिकाले साथ सहयोग गर्ने बताए।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जुगल गाउँपालिका अध्यक्ष ईश्वर गुभाजुले विद्यार्थीहरूको क्षमता विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरूको आवश्यकता रहेको भन्दै अझै यस्ता विभिन्न कार्यक्रमहरू गर्न साथ सहयोग गर्ने बताए।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जुगल गाउँपालिका अध्यक्ष ईश्वर गुभाजु , क्रान्तिकारी बागमती प्रदेश मुख्य सचिब रञ्जित आचार्य, जुगल गाउँपालिका इन्चार्ज उमेश लामिछाने , शिक्षक विद्यार्थी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्