२०८१ श्रावण १२
                           

वर्षायाममा पनि मेलम्चीको पानी निरन्तर काठमाडौं लैजान आग्रह

२४ जेठ, सिन्धुपाल्चोक । मेलम्चीको पानी निरन्तर लैजान बाढी पीडित संघर्ष समिति र स्थानीय राजनीतिक दलहरुद्वारा संयुक्त विज्ञप्ती जारी गर्दै आग्रह गरिएको छ । सुरुङमा प्रवेश गराइएको पानी वर्षा याममा पनि निरन्तर पथान्तरण गर्न र नदीतिर नफर्काउन मेलम्ची खानेपानी आयोजनालाई अपिल गरेको हो ।

खोला तटीय क्षेत्रमा बसोबास गर्ने स्थानियहरु वर्षायामको जोखिमले त्रासमा बस्न बाध्य भएको उनिहरुले बताएका छन् । हिउँदको बेला पानी काठमाडौं लैजाने अनि मनसुन सुरु भएपछि चाँही पानी पुनः नदीमै फर्काउने गर्नाले बाढी र पहिरोको जोखिम हुने भएकाले त्यसो नगर्न विज्ञप्ती मार्फत आग्रह गरेका छन् । आयोजनाले बेवास्था गरी जवर्जस्ती नदीतिरै फर्काउने काम ्गरेमा आगामी हिउँदमा समेत पानी नपठाउने चेतावनी दिएका छन्

। ‘सुरुङ प्रवेश गराइएको पानी यस वर्षको वर्षायाममा निरन्तर पथान्तरण गर्न र नदीतिर नफर्काउन बाढीपीडित संघर्ष समिति, यस क्षेत्रमा क्रियाशील राजनीतिक दलका तर्फबाट विनम्रतापूर्वक संयुक्त अपिल गर्दछौं, हाम्रो आग्रह, अनुरोध र अपिललाई कमजोरी ठान्दै जबर्जस्ती नदीतिरै फर्काउने प्रयत्न गरिएमा आगामी हिउँदमा स्थानीय संघर्ष समिति, राजनीतिक दलले लामो समयदेखी उठाउँदै आएका मागको सम्बोधन नगरी पुनः पानी पथान्तरण गर्न असम्भव हुने व्यहोरा यसै विज्ञप्ति मार्फत सार्वजनिक गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्