२०८१ श्रावण १२
                           

मौरी सहितको घार वितरण,चौतारा साँगाचोक गढी नगरपालिका

२३ जेठ, सिन्धुपाल्चोक । चौतारा साँगाचोक गढी नगरपालिकाको आर्थिक सहयोगमा २५ वटा मौरी सहितको घार वितरण गरिएको छ । आज स्वाभिमानी बहुद्देश्य सहकारी सँस्थाद्धारा आयोजित एक कार्यक्रममा चौतारा छाप बासी महिला तथा पुरुषहरुलाई मौरी सहितको घार दिइएको हो । उनीहरुले मौरी पालन तालिम लिएर बसेका थिए अहिले मौरी सहितको घार पाएपछि खुशी भएका छन् ।

यस कार्यक्रममा बोल्दै चौसाँगढी नपाका मेयर कृष्ण प्रसाद सापकोटाले आत्मनिर्भर हुनेगरी मौरी पालनमा लाग्न आग्रह गर्नुभएको छ । आर्थिक रुपमा केहि सहज वातावरण सिर्जना गर्न दुई चार पैसा कमाउने गरी काम गर्न उनिहरुलाई मेयर सापकोटाले सुझाव दिनुभयो । यसैगरी कार्यक्रममा उपमेर सिता थापाले नगरपालिकाले मौरी पालन र गलैंचा बुनाइमा ७ लाख भन्दा बढी खर्च गरेको बताउनुभयो । सिप विकास तालिमले उपलब्धि होला भन्ने उदेश्यले लगानी गरेको थापाको भनाई थियो ।

यसैवीच एडभान्स गलैँचा बुनाई तालिम समापन तथा तान २० वटा हस्तान्तरण गरिएको थियो । घरेलु उद्योगको आयोजनामा एक महिने गलैँचा बुनाइ तालिम दिइएको हो । सिप सिकेकाहरूलाई गलैँचा तान प्रदान गरिएको छ । घरेलु उद्योग कार्यलय प्रमुख विश्वनाथ काफलेको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्